Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अनियमीत विद्युत् कटौतीले वीरगञ्जवासी हैरान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ३,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । विगत केहि दिनयता वीरगञ्जको बजार क्षेत्रमा भइरहेको अनियमित विद्युत कटौतीबाट सर्वसाधारण र व्यावसायी हैरान भएका छन् । वैशाखयता प्रत्येक दिन घण्टौँसम्म विद्युत आपूर्ति अवरुद्ध हुँदै आएको उपभोक्ताको गुनासो छ ।

वीरगञ्जको नगवा, मुर्ली, पावरहाउस, त्रिमुर्ती, श्रीपुर, रानीघाट, आदर्शनगर, अशोकबाटीका लगायतका विभिन्न स्थानमा पटकपटक विद्युत जाँदै र आउँदै गर्दा समस्या भएको हो ।

अनियमित रुपमा विद्युत कटौती हुँदा व्यावसायमा घाटा भोग्नु परेको रानीघाट चोकस्थित जिराभावानी दूध डेरीका सञ्चालक रोशन गुप्ताले बताए । विद्युत कटौती हुँदा वैशाखयता हजारौं रुपैयाँ बराबरको दूध खेर गएको उनले सुनाए । एकपटक गएपछि विद्युत फेरी आउने टुङ्गो नहुने उनको भनाई छ ।

आर्थिक मन्दीका कारण पहिल्यैदेखि प्रभावित व्यवसायमाथि अघोषित लोडसेडिङले थप सङ्कट सृजना गरेको वीरगञ्जको रेल्वे रोडस्थित एड्सबी मिडिया मार्केटिङ एजेन्सी चलाइरहेका हिमान्शु बरनवाल बताउँछन् । ‘विद्युत आपूर्ति नियमित नहुँदा हाम्रो सबै काम प्रभावित भएको छ । क्लाइन्टको काम समयमा गर्न नसक्दा घाटा व्यहोर्नु परेको छ,’ बरनवालले भने ।

पटकपटक विजुली आउने जाने गर्दा विद्युतीय उपकरणमा समेत समस्या आउन थालेको गुनासो गर्दै उनले भने, ‘काम त प्रभावित भएकै छ । हामीसँग भएको विद्युतीय उपकरणमा समेत समस्या आउन थालेको छ । उपकरणहरु बिग्रीए हामीलाई फेरी लाखौँको नोक्सान हुन्छ ।’

‘विद्युत कटौती बारे बुझ्न विद्युत प्राधिकरणको वीरगञ्ज वितरण केन्द्रमा फोन गर्दा कर्मचारीले बहाना मात्र बनाउँछन्,’ उनले भने, ‘प्राधिकरणका कर्मचारीहरु जिम्मेवार छैनन् ।’ अनियमित विद्युत कटौतीका कारण राज्यलाई पनि घाटा भइरहेको सुनाउँदै उनले थपे, ‘विद्युत आपूर्ति नियमित हुँदा राज्यको राजस्व बढ्छ, व्यापार व्यावसाय पनि चल्छ । कर्मचारीको बदमासीका कारण राज्यलाई पनि घाटा भइरहेको छ ।’

अनियमित रुपमा विद्युत कटौती हुँदा पढ्न नपाइएको वीरगञ्ज – ९ का सुजित विश्वकर्मा बताउँछन् । अहिले कक्षा १२ को परिक्षा चलिरहेको भएपनि अनियमित विद्युत कटौती हुँदा तयारीमा समस्या भइरहेको उनले बताए । ‘जतिबेलै बिजुली जान्छ, ५–६ दिनयता बेलुका पढ्न पाएको छैन,’ उनले भने, ‘अघोषित लोडसेडिङले राति सुत्न पनि पाइँदैन । परिक्षाको तयारी धेरै प्रभावित भएको छ ।’

अत्यधिक मात्रामा गर्मि बढ्दै गएपछि अनियमीत विद्युत् कटौतीले थप सास्ती खेप्नु परेको अशोकवाटिका निवासी धर्मनाथ सर्राफले बताए । ‘गर्मिले बाहिर जाने स्थिति छैन । घर भित्रै बसौं भने लाइन छैन । रातीको समयमा घण्टौँसम्म लाइन जान्छ । घरमा साना बच्चाहरु छन् उनीहरुलाई पनि गाह्रो हुन्छ,’ उनले भने । लाइन कट्ने समस्या बारे जानकारी लिन फोन गर्दा विद्युत प्राधिकरणका कर्मचारीले नउठाउने गरेको गुनासो गरे ।

यसैबिच अनियमित विद्युत् आपूर्ती हुने समस्याका सम्बन्धमा नेपाल तरुण दल पर्साले बुधवार सांकेतिक रुपमा विरोध गरेको छ । तरुण दल पर्साको टोली नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रमै पुगेर कार्यालयका प्रशासकिय अधिकृतको ध्यानाकर्षण गराएको छ ।

वीरगञ्ज वितरण केन्द्रका प्रमुख प्रादेशिक बैठकमा सहभागी हुन जनकपुर गएको हुँदा भेट नभएपनि प्रशासकिय अधिकृत प्रकाशकुमार बस्नेतको ध्यानाकर्षण गराइएको तरुण दल पर्साका अध्यक्ष विकास तिवारीले बताए । उनकाअनुसार केन्द्रका प्रमुख अर्विन्द कुमार दुवैले भोली बिहान ११ बजेको समय उपलब्ध गराएका छन् । बिहिवार फेरी कार्यालयमै पुगेर कार्यालय प्रमुखको ध्यानाकर्षण गराउने तरुण दलका नेता शेष कुमार हजराले बताए ।

प्रशासकिय अधिकृत बस्नेतले भने चारैतिर यस्तै समस्या रहेको प्रतिक्रिया दिएका छन् । प्राविधिक समस्याहरु देखिनुका साथै केन्द्रबाटै यस्तै समस्या भएको हुँदा समाधान गर्ने प्रयास भइरहेको बस्नेतको भनाई छ । साभार :  यात्रा डेली

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०८० जेष्ठ ३,बुधबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०८० जेष्ठ ३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद