Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विर्ता प्रहरीद्वारा लाखौ मूल्य बराबरको सामग्री बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ३,बुधबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको मालबाहक कन्टेनरबाट जिल्ला प्रहरी कार्यालय पर्साले लाखौ मूल्य बराबरको सामग्री बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बोखार चोकस्थित सडकखण्डबाट ना.३ ख७७४१ नम्बरको मालवाहक ट्रकसहित विभिन्न सामग्री नियन्त्रणमा लिएको हो ।

विलविजकभन्दा बढी मालबस्तु लोड रहेको सूचनाको आधारमा खटिएको टोलीले चेकजाँच गर्दा विलबिजक शंकास्पद देखिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक बिदुर शिवाकोटीले जानकारी दिए ।

प्रहरी निरीक्षक शिवाकोटीकाअनुसार अनुमानीत ६३ लाख मूल्य बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको मोबिल, तथा विभिन्न खुद्रा सामग्री बरामद गरिएको हो । बरामद सामग्रीलाई आवश्यक कारवाहीका लागि ट्रकसहित राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

वडा प्रहरी कार्यालय विर्ताबाटै खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ रेल्वेरोडस्टित सडकखण्डबाट पनि विभिन्न सामग्रीसहितको कन्टेनर नियन्त्रणमा लिएको छ ।

वीरगञ्जबाट सिराहाको लहानतर्फ जाँदै गरेको ना.३ ख ६९९ नम्बरको मालवाहक कन्टेनरले विलबिजकभन्दा बढी सामान बोकेको सूचनाको आधारमा चेकजाँच गरिएको प्रहरी निरीक्षक शिबाकोटीले बताए ।

चेकजाँचका क्रममा विलबिजक शंकास्पद देखिएको हुँदा ५८ लाख मूल्य बराबरको कन्टेनर र हार्डवेयर तथा खुद्रा सामग्री नियन्त्रणमा लिइएको छ । नियन्त्रीत कन्टेनरलाई सामग्रीसहित राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० जेष्ठ ३,बुधबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० जेष्ठ ३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद