Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एसईई उत्तीर्ण १६ जना छात्रालाई वीरगञ्ज वडा नं ३० मा कम्प्युटर वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेपाल राष्ट्रिय आधारभूत विद्यालय लालपर्सामा आयोजित एक कार्यक्रमबीच छात्रालाई १६ थान डेस्कटप कम्प्युटर वितरण गरिएको वडाध्यक्ष मनोजकुमार यादवले जनाए ।

वडाध्यक्ष यादवले आफ्नो चुनावी घोषणापत्रअनुसार एसईई उत्तीर्ण गरी हाल कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई कम्प्युटर प्रदान गरिएको बताए ।

‘महानगरपालिका भए पनि मेरो वडा ग्रामीण भेगमा पर्छ, कतिपय छात्रा एसईई उत्तीर्ण गरेपछि पठनपाठनलाई अगाडि बढाउँदैनन्,’ वडाध्यक्ष यादवले भने, ‘छात्राहरूलाई अध्ययनप्रति प्रोत्साहन गर्ने उद्देश्यले एसईई उत्तीर्ण गरी कक्षा ११ मा अध्ययन गरिरहेका १६ जना छात्रालाई कम्प्युटर प्रदान गरेका छौँ ।’

वडाध्यक्ष यादवका अनुसार स्कुलमा कम्प्युटर कक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुको गाउँ कम्प्युटर नहुँदा पढाइ प्रभावित भइरहेको हुन्छ । ‘११ कक्षामा अध्ययनरत छात्रालाई कम्प्युटर प्रदान गर्दा नयाँ छात्राहरुलाई पनि पढाइप्रति हौसला बढ्छ,’ उनले भने, ‘महानगर भए पनि गाउँमा कम्प्युटरको व्यवस्था छैन ।

’यसपालि एसईई परीक्षामा सहभागी भएका छात्राहरुलाई असार मसान्तपछि कम्प्युटर प्रदान गर्ने योजना रहेको वडाध्यक्षले सुनाए । छात्राहरुलाई ल्यापटप वितरण गर्ने योजना भए पनि बजेट अभावका कारण डेस्कटप कम्प्युटर वितरण गर्नुपरेको उनले सुनाए ।

आफ्नो कार्यकालभर एसईई उत्तीर्ण गरी कक्षा ११ मा अध्ययनरत छात्रालाई कम्प्युटर वितरण गर्ने उनले बताए । ‘सरकारी विद्यालयको खस्किँदै गइरहेको शैक्षिक अवस्थालाई सुधार गर्ने योजना अनुसार काम थालिएको छ,’ उनले भने, ‘वडामा रहेका ३ वटा सामुदायिक विद्यालयलाई महानगरकै नमुना विद्यालय बनाउने उद्देश्य लिएका छौँ ।

’ पर्सा क्षेत्र नं. १ का सांसद एवम् पूर्व वनमन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले छात्राहरुलाई कम्प्युटर वितरण गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०८० जेष्ठ २,मंगलवार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०८० जेष्ठ २,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद