Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बन्द रहेका सरकारी उद्योगहरु चलाउन सरकार लागेकाे छ : मन्त्री रिजाल

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ,०२ जेठ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बन्द रहेका सरकारी उद्योगहरु पुन सन्चालनका लागि सरकार लागेकाे बताएका छन् ।

साेमबार वीरगञ्जमा नेपाल प्रेस युनियन पर्साकाे १०ओैं अधिवेशनकाे उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै मन्त्री रिजालले यस्ताे बताएका हुन् ।उनले भने, बन्द रहेकाे वीरगञ्ज चिनी कारखानासहितका सरकी उद्योगहरु पुन चलाउनका लागि सरकारले गृहकार्य गरिरहेकाे छ।कुन माेडलमा चलाउने बारेमा छलफल चलिरहेकाे छ।

नक्कली भुटानी शरणार्थी प्रकरण बारे बाेल्दै रिजालले एमालेकै सरकारका पाला देखि याे भ्रष्टाचार प्रकरण सुरु भएकाे बताए । उनले भने, राम बहादुर थापा बादल गृहमन्त्री भएका बेला प्रधानमन्त्री कुन पार्टीका थिए? टाेपबहादुर रायमाझी मन्त्री हुदाँ प्रधानमन्त्री कुन पार्टीका थिए ? याे सबैलाई थाहा छ ।

नक्कली शरणार्थीका नाममा भएकाे भ्रष्टाचार प्रकरणकाे अनुसन्धानमा अहिलेकाे गठबन्धन सरकारले पुर्ण रुपमा सघाइरहेकाे बताउदै मन्त्री रिजालले भने, भ्रष्टाचारीलाई कारबाही हुनै पर्छ, सरकारले अनुसन्धानमा कुनै हस्ताक्षेप गर्दैन ।

उनले देशकाे अर्थतन्त्रलाई पुन चलायमान बनाउन सरकार लागि परेकाे बताए ।

प्रेस युनियनका जिल्ला अध्यक्ष रामनारायण कुर्मीकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहलाई प्रदेशसभा सदस्यद्वय जनार्दन सिंह क्षेत्री र श्याम पटेल, कांग्रेस जिल्ला उपसभापति रामनारायण कुर्मी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चाैहान, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव अशाेक तिवारी, नेपाल प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष सत्यप्रसाद श्रेष्ठ , वीरगन्ज उपमहानगरपालिकाका उपमेयर इम्तियाज आलम, कांग्रेसका जिल्ला सहसचिव नवीन सिंह, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, पत्रकार महासंघका मधेस प्रदेश महासचिव श्याम बन्जारा, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष मनाेज पटेल, प्रेस सेन्टरका जिल्ला अध्यक्ष दिपक गाैतम लगायतले पनि सम्बाेधन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।
मुख्य समाचार

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

प्रकाशित : २०८० जेष्ठ १,सोमबार
नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०८० जेष्ठ १,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद