Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नयाँ पुस्ताले चाहेको जस्तै शहर बनाउन हामी खटिरहेका छौँ : मेयर सिंह  

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जलाई नयाँ पुस्ताले चाहेको जस्तै शहर बनाउने बाटोमा आफूहरु अग्रसर रहेको महानगर प्रमुख राजेशमान सिंहले बताउनुभएको छ । वीरगञ्जस्थित रेडियो वीरगञ्जले सोमबार आयोजना गरेको ‘नयाँ पुस्तासँग मेयर’ संवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सिंहले आफ्नै कार्यकालमा महानगरको मुहार परिवर्तन गर्ने प्रतिबद्धता जनाउनुभयो । सिंहले भन्नुभयो, ‘तपाई जस्तै युवाहरु नै मेरो ऊर्जाको स्रोत हुनुहुन्छ । तपाईहरुको साथ र सहयोग पाएँ भने महानगरलाई सभ्य, सुन्दर र घुम्न लायक बन्नमा कुनै समय लाग्दैन ।’

महानगरले अहिलेसम्म गरेका कामहरुको मुल्यांकन गर्दै आवश्यक सुझावसहित त्रुटीहरु औँल्याइदिन पनि उहाँले आग्रह गर्नुभयो ।

सहभागी युवाहरुको जिज्ञासा मेटाउँदै महानगर प्रमुख सिंहले भन्नुभयो, ‘बाल उद्यान पार्क र परवानीपुरको विपश्यना पार्कलाई मनमोहक बनाउँदै निशुल्क प्रवेश गर्न पाइने बनाइनेछ । कुनै पनि किसिमको शुल्क तिर्नु नपर्ने गरी काम भइरहेको छ । पार्कलाई व्यवस्थित बनाई हेर्न र घुम्न लायक बनाउने तयारी भइरहेको छ ।’

उहाँका अनुसार वीरगञ्जको मितेरी पुलदेखि परवानीपुरसम्म घुम्ने र रमाउने खालका स्थानहरु निर्माणको अन्तिम तयारीमा छ । मुख्य सडक मात्रै नभएर गल्ली र अन्य स्थानका सबै सडकहरुलाई सुन्दर बनाउने महानगरको योजना रहेको पनि मेयर सिंहले सुनाउनुभयो ।

महानगर अन्र्तगतका चार वटा सामुदायिक विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यम लागु गरिएको बताउँदै उहाँले नयाँ शैक्षिक सत्रदेखि शिक्षा क्षेत्रको सुदृढीकरणमा महानगर लागि परेको पनि जानकारी दिनुभयो ।

यसअघि शुल्क तिरेर पढ्नुपर्ने अंग्रेजी माध्यमलाई महानगरले निशुल्क बनाएर सबैले पढ्न पाउने व्यवस्था गरेको भन्दै उहाँले आउदा शैक्षिक क्षेत्रबाट अन्य विद्यालयलाई पनि यस्तै परिमार्जन गर्दै लैजाने गरी गृहकार्य भइरहेको पनि बताउनुभयो ।

यात्रुबाहक बस लगायतका सार्वजनिक सवारी साधनमा पनि विद्यार्थीहरुलाई परिचय पत्रका आधारमा छुटको व्यवस्था गर्नका लागि महानगरले सरोकारवालाहरुसँग छलफल गर्ने र विद्यार्थीको सहजताका लागि आवश्यक काम गरिने स्पष्ट पार्नुभयो ।

सिमित साधन स्रोतमा काम गर्नु पर्ने बाध्यता रहेको सुनाउँदै उहाँले अपेक्षा अनुसारको काम गर्न यो साधन स्रोतमा केही समय भने चाहिने बताउनुभयो ।

‘हामीसँग स्रोत साधन एकदम सिमित छ, त्यसैले अपेक्षा अनुसारको काम गर्न असहज भए पनि वीरगञ्जबासीलाई निराश बनाउने छैन । जुन आशा र भरोसाका साथ मलाई मत दिनुभएको थियो, त्यहीअनुरुप वीरगञ्ज र वीरगञ्जबासीको विकासका लागि म सँधै कटिबद्ध छु ।’

सरसफाईमा कसैसँग सम्झौता नगर्ने सिंहले पुरानै अडानलाई फेरी दोहो¥याउनुभयो ।

‘जितपुरको ललका पुल कट्ने बित्तिकै सभ्य हुने हामी वीरगञ्जमा जथाभावी फोहोर फाल्छौ । असभ्य भइहाल्छौ,’ उहाँले भन्नुभयो, ‘त्यसैले कृपया महानगरलाई सुन्दर र सफा बनाउने अभियानमा हातेमालो गर्नुहोस, जथाभावी फोहोर नगर्नुहोस् ।’

कर्यक्रममा सहभागि नयाँ पुस्ताका सुमित क्यालले महानगर प्रमुखमा सिंह निर्वाचित भएदेखि धेरै सुधार र विकासका काम भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्मको प्रगती सन्तोषजनक छ, तर यहाँ घुम्ने र रमाउने खालका ठाउँहरुको अभाव छ । विदाको दिन हामीलाई अहिले पनि हेटौडाको त्रिखण्डी, चितवनको सौराहा लगायतका ठाउँमा पुग्नुपर्छ । यसको अन्त्यका लागि पहल गरियोस् ।’ कार्यक्रममा सहभागी आशिका शर्माले वीरगञ्ज ब्रह्म चोक पछाडीको क्षेत्रमा फोहोर उठाउने ट्याक्टर तथा सफाईकर्मीहरु नपुगेको गुनासो गर्नुभयो ।

वीरगञ्जको पावरहाउसका शिशिर झाका अनुसार सडक लगायत विभिन्न सार्बजनिक स्थानहरुमा डस्टबिन राख्नुपर्ने आवश्यक्ता खट्किएको बताउनुभयो ।

विद्यालयको शूल्कमा एकरुपता ल्याउनुका साथै शूल्क नदिँदा विद्यालयले दुव्र्यवहार गर्ने गतिविधिप्रति सुधार गर्नुपर्ने आर्यन साहको सुझाव छ ।

वीरगञ्जका श्याम गुप्ताले वीरगञ्जमा पनि पढ्दै कमाउँदै सकिने खालको वातावरण निर्माण गर्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो ।

वीरगञ्ज अशोकबाटीकाकी प्रिति पाण्डेले महानगरले सिरिसिया नदिलाई सफा बनाउने अभियान चालेकोमा खुशी व्यक्त गर्दै अब आउने छठ पर्वमा सफा नदिमा पूजा गर्न पाउने अपेक्षा व्यक्त गर्नुभयो ।

उच्च शिक्षाका लागि बाहिरिने विद्यार्थीको संख्या बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै स्थानीय ध्रुबराज पराजुलीले वीरगञ्जमै टिकाउने खालका कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । विभिन्न स्थानमा रहेका नालालाई कभर गर्नुपर्ने र सिर्सिया पुलमा सेफ्टि बेरियर र लाईट राख्न पनि उको आग्रह थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०८० जेष्ठ १,सोमबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०८० जेष्ठ १,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद