Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

कबाडी करको नाममा वीरगञ्ज-पथलैया सडकखण्डमा अवैध पैसा असूली गर्ने गिरोह पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १,सोमबार
A A
file photo

file photo

1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । कबाडी करको नाममा वीरगञ्ज-पथलैया औद्योगिक करिडोरमा पर्ने त्रिभूवन राजपथमा अवैध पैसा असूली गर्ने समूह प्रहरीको नियन्त्रणमा आएको छ ।

स्थानीय सरकारबाट कबाडी कर उठाउने जिम्मा सकारेर राजपथमा भारतबाट आउने मालवाहक ट्रक र अन्य सवारीसाधनसमेतबाट जथाभावी अवैध पैसा असूली गर्ने समूहलाई बारा प्रहरीले नियन्त्रणमा लिएको हो ।

बारा प्रहरीकाअनुसार जबर्जस्ती कर असूल गरिरहेका चार जना पक्राउ परेका छन् । उनीहरुलाई जीतपुरसिमरा उपमहानगरपालिका – २३ स्थितको राजमार्गबाट रङ्गे हात पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।

एच एण्ड जे ट्रेडर्स नामको संस्थाले कवाडी कर उठाउने जिम्मा सकारेर मालबाहक तथा खाली सवारी साधनसँग समेत अवैध तरिकाले पैसा असूल गरिरहेको गुनासो पश्चात उनीहरुलाई नियन्त्रणमा लिइएको बारा प्रहरीले जानकारी दियो ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका – २१ निवासी २७ वर्षिय पप्पु गुप्ता, सोही ठाउँमा २५ वर्षिय श्रीकान्त पटेल, बिन्दबासिनी गाँउपालिका – १ निवासी १९ वर्षिय चन्दन कुमार पण्डित र भारत घर भएका २१ वर्षिय सुरजकुमार गुप्ता रहेका छन् ।

उनीहरूलाई ईलाका प्रहरी कार्यालय जीतपुरको नियनत्रणमा राखिएको छ । करिव १० महिनादेखी एच एण्ड जे ट्रेडर्सले यसरी अवैध तरिकाले सवारी चालकलाई डराए धम्काएर पैसा उठाउँदै आइरहेको गुनासो प्रहरीमा परेपछि प्रहरी एकशनमा उत्रिएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा, आधिकारिक निर्णय हुन बाँकी
मुख्य समाचार

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा,

प्रकाशित : २०८० जेष्ठ १,सोमबार
अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०८० जेष्ठ १,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद