Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रात्रि बजार सफलतापूर्वक सम्पन्न, वीरगञ्जको सिको गर्दै ठाउँठाउँमा लाग्दै छ रात्रि बजार 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ३१,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ३१ बैशाख । वीरगञ्जको अर्थतन्त्र चलायमान बनाउन महानगरले आयोजना गरेको दुई दिने रात्रि बजार शनिबार सफलतापूर्वक सम्पन्न भएको छ ।

हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार लगाउने योजना अनुरुप दोस्रो पटक लागेको बजार सफलतापूर्वक सम्पन्न भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताउनुभयो ।

नयाँ वर्षको अवसर पारेर सुरु गरिएको बजार उत्साहपूर्ण देखिएपछि महानगरले हरेक महिना रात्रि बजार संचालन गर्ने प्रयत्न गरेको हो ।

सामान्य अवस्थामा पनि यहाँको बजार अबेरसम्म लगाउने प्रयत्न स्वरुप रात्रि बजारको अवधारणालाई अघि बढाइएको उहाँले बताउनुभयो ।

नयाँ वर्षका बेला आदर्शनगर चोकबाट कैलास चोक हुँदै पुरानो बसपार्कसम्म लागेको रात्रि बजार यस पटक भने माइस्थान चोकबाट आदर्शनगर चोक हुँदै भाजुरत्न चोकसम्म लागेको थियो ।

शुक्रबार र शनिबार लगाइएको रात्रिबजारमा वीरगञ्जसहित बारा, पर्सा, रौतहटका अलावा बागमती प्रदेशको हेटौंडा, नारायणगढ तथा छिमेकी भारतीय सहरबाट पनि बजार गर्न आउनेको भिड रहेको थियो ।

महानगरले नयाँ नेतृत्व पाए सँगै कोभिडका कारण खुम्चिएको अर्थतन्त्र चलायमान बनाउन प्रयत्न गर्दै आएको थियो ।

दोस्रो पटक लगाइएको रात्रि बजार पनि उत्साहवद्धक रह्यो, हामीले सोचेजस्तै सफलता पाइरहेका छौँ,’ महानगरका मेयर राजेशमान सिंहले भन्नुभयो, ‘जनसहभागिता बढ्दो छ यसले शिथिल अर्थतन्त्रलाई उठाउन महत्वपूर्ण योगदान दिने विश्वास लिएको छु ।’

रात्रि बजारमा स्थानीय उत्पादन, खानाका परिकार, उपभोग्य बजारका अलावा भारतको बंगालबाट मसाज, मेहन्दी लगाउने डोली आएर सेवा दिएको थियो । यस्तै सडकमै फुट मसाजको सुविधा पनि उपलब्ध गराइएको थियो ।

वीरगञ्जको सिको गर्दै चितवनमा पनि रात्रि बजार

वीरगञ्जमा रात्रि बजार सफलतापूर्वक सम्पन्न भएसँगै देशका विभिन्न स्थानीय तहले पनि आफ्नो ठाउँमा रात्रि बजार लगाउने जमर्को गरेका छन् ।

चितवनको भरतपुर महानगरपालिकाले पनि जेठ महिनाभित्रैबाट रात्रि बजार लगाउने तयारी थालेको छ ।

रात्रि बजार तयारी स्वरुप भरतपुर महानगरको टोलीले शुक्रबार र शनिबार वीरगञ्जमा भएको रात्रि बजारको अवलोकन गरेको छ ।

भरतपुर महानगरपालिका र चितवन उद्योग वाणिज्य संघको संयुक्त टोलीले वीरगञ्जको रात्रि बजार अवलोकन गरेको हो ।

भरतपुर रात्रि बजार संञ्चालन समितिका संयोजक समेत रहेका प्रगतिपथ टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र श्रेष्ठले जेठ १५ गते रात्रिबजार लगाउने गरी आफूहरुले पनि तयारी अघि बढाएको बताउनुभयो ।

वीरगञ्ज महानगरले गरेको सुरुवात सह्रानीय रहेको भन्दै उहाँले अर्थ व्यवस्था चलायमान बनाउन आफूहरुले पनि भरतपुरमा तयारी अघि बढाएको बताउनुभयो । वीरगञ्जको रात्रि बजार अवलोकन गर्न भरतपुरबाट महानगरका पदाधिकारी, उद्योग वाणिज्य संघका पदाधिकारी तथा सरोकारवालाहरुको टोली आएको थियो ।

यस्तै मधेस प्रदेशको जनकपुरधाममा पनि रात्रि बजार लगाउन व्यवसायीले माग गरेका छन् । व्यवसायीले स्थानीय तह तथा प्रशासनलाई ज्ञापन पत्र बुझाउँदै रात्रि बजारको व्यवस्था गर्न माग गरेको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०८० बैशाख ३१,आईतवार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०८० बैशाख ३१,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद