Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रात्रि बजार सफलतापूर्वक सम्पन्न, वीरगञ्जको सिको गर्दै ठाउँठाउँमा लाग्दै छ रात्रि बजार 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ३१,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ३१ बैशाख । वीरगञ्जको अर्थतन्त्र चलायमान बनाउन महानगरले आयोजना गरेको दुई दिने रात्रि बजार शनिबार सफलतापूर्वक सम्पन्न भएको छ ।

हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार लगाउने योजना अनुरुप दोस्रो पटक लागेको बजार सफलतापूर्वक सम्पन्न भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताउनुभयो ।

नयाँ वर्षको अवसर पारेर सुरु गरिएको बजार उत्साहपूर्ण देखिएपछि महानगरले हरेक महिना रात्रि बजार संचालन गर्ने प्रयत्न गरेको हो ।

सामान्य अवस्थामा पनि यहाँको बजार अबेरसम्म लगाउने प्रयत्न स्वरुप रात्रि बजारको अवधारणालाई अघि बढाइएको उहाँले बताउनुभयो ।

नयाँ वर्षका बेला आदर्शनगर चोकबाट कैलास चोक हुँदै पुरानो बसपार्कसम्म लागेको रात्रि बजार यस पटक भने माइस्थान चोकबाट आदर्शनगर चोक हुँदै भाजुरत्न चोकसम्म लागेको थियो ।

शुक्रबार र शनिबार लगाइएको रात्रिबजारमा वीरगञ्जसहित बारा, पर्सा, रौतहटका अलावा बागमती प्रदेशको हेटौंडा, नारायणगढ तथा छिमेकी भारतीय सहरबाट पनि बजार गर्न आउनेको भिड रहेको थियो ।

महानगरले नयाँ नेतृत्व पाए सँगै कोभिडका कारण खुम्चिएको अर्थतन्त्र चलायमान बनाउन प्रयत्न गर्दै आएको थियो ।

दोस्रो पटक लगाइएको रात्रि बजार पनि उत्साहवद्धक रह्यो, हामीले सोचेजस्तै सफलता पाइरहेका छौँ,’ महानगरका मेयर राजेशमान सिंहले भन्नुभयो, ‘जनसहभागिता बढ्दो छ यसले शिथिल अर्थतन्त्रलाई उठाउन महत्वपूर्ण योगदान दिने विश्वास लिएको छु ।’

रात्रि बजारमा स्थानीय उत्पादन, खानाका परिकार, उपभोग्य बजारका अलावा भारतको बंगालबाट मसाज, मेहन्दी लगाउने डोली आएर सेवा दिएको थियो । यस्तै सडकमै फुट मसाजको सुविधा पनि उपलब्ध गराइएको थियो ।

वीरगञ्जको सिको गर्दै चितवनमा पनि रात्रि बजार

वीरगञ्जमा रात्रि बजार सफलतापूर्वक सम्पन्न भएसँगै देशका विभिन्न स्थानीय तहले पनि आफ्नो ठाउँमा रात्रि बजार लगाउने जमर्को गरेका छन् ।

चितवनको भरतपुर महानगरपालिकाले पनि जेठ महिनाभित्रैबाट रात्रि बजार लगाउने तयारी थालेको छ ।

रात्रि बजार तयारी स्वरुप भरतपुर महानगरको टोलीले शुक्रबार र शनिबार वीरगञ्जमा भएको रात्रि बजारको अवलोकन गरेको छ ।

भरतपुर महानगरपालिका र चितवन उद्योग वाणिज्य संघको संयुक्त टोलीले वीरगञ्जको रात्रि बजार अवलोकन गरेको हो ।

भरतपुर रात्रि बजार संञ्चालन समितिका संयोजक समेत रहेका प्रगतिपथ टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र श्रेष्ठले जेठ १५ गते रात्रिबजार लगाउने गरी आफूहरुले पनि तयारी अघि बढाएको बताउनुभयो ।

वीरगञ्ज महानगरले गरेको सुरुवात सह्रानीय रहेको भन्दै उहाँले अर्थ व्यवस्था चलायमान बनाउन आफूहरुले पनि भरतपुरमा तयारी अघि बढाएको बताउनुभयो । वीरगञ्जको रात्रि बजार अवलोकन गर्न भरतपुरबाट महानगरका पदाधिकारी, उद्योग वाणिज्य संघका पदाधिकारी तथा सरोकारवालाहरुको टोली आएको थियो ।

यस्तै मधेस प्रदेशको जनकपुरधाममा पनि रात्रि बजार लगाउन व्यवसायीले माग गरेका छन् । व्यवसायीले स्थानीय तह तथा प्रशासनलाई ज्ञापन पत्र बुझाउँदै रात्रि बजारको व्यवस्था गर्न माग गरेको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०८० बैशाख ३१,आईतवार
देश र जनताको हकहित जोगाउन कांग्रेस आवश्यक : छपकैया भेलामा अजय कुमार चौरसिया
मुख्य समाचार

देश र जनताको हकहित जोगाउन कांग्रेस आवश्यक : छपकैया भेलामा अजय कुमार चौरसिया

प्रकाशित : २०८० बैशाख ३१,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद