Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

भोलिदेखि एमडीएमएस लागू, अवैध मोबाइल आयात रोकिने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ३१,आईतवार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) जेठ १ देखि पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । यसअघि पटक पटक यो प्रक्रिया लागू गर्ने जनाएको भए पनि सफल भइरहेको थिएन । तर जेठ १ देखि भने पूर्णरुपमै लागू गर्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

सरकारले झिटीगुन्टा नियमावली संशोधन गरेपछि प्राधिकरणलाई एमडीएमएस लागू गर्न सजिलो भएको हो । यो प्रणाली लागू्र भएसँगै नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई व्यवस्थित गर्न सजिलो हुनेछ ।

सरकारले झिटीगुन्टा नियमावली संशोधन गरी अबदेखि वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ । आफूसँग भएको एउटा पहिलेदेखि नै ल्याउन पाइने थियो भने अब थप एउटा ल्याउन पाइने छ ।

यही नियमावली लागू भएसँगै व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याएर भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरु एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ ।

एमडीएमएसमार्फत प्राधिकरणलाई मोबाइलको आयात तथा प्रयोगकर्तालाई व्यवस्थापन गर्न सजिलो हुनेछ । यसबाट अवैध रुपमा भित्रिने मोबाइल प्रतिबन्ध गर्न सकिनेछ ।

सरकारको ‘निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७’ बमोजिम व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरु सम्बन्धित व्यक्ति स्वंयले राहदानी र नागरिकता वा बोर्डिङ पास कागजात प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ ।

प्राधिकरणले यसका लागि प्राधिकरणको वेबसाइट एमडीएमएस डट एनटीए डट जीओभी डट एनपी मा जानुपर्ने जनाएको छ ।

नेपाल भित्र मोबाइल खरिद गर्दा ती मोबाइल सेट प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए–नभएको यकिन गरी मात्र खरिद गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ ।

एमडीएमएस लागू भएसँगै नेपालमा ब्यापक रुपमा चलिरहेको ग्रेमार्केट पनि हराएर जानेछ । त्योसँगै सरकारलाई आयकरसमेत वृद्धि हुनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०८० बैशाख ३१,आईतवार
उपनिर्वाचनको मनोनयन आज
मुख्य समाचार

निर्वाचन खर्च पारदर्शी बनाउने आयोगको कडाइ: छुट्टै खाताबाट मात्र आर्थिक कारोबार

प्रकाशित : २०८० बैशाख ३१,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद