Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विश्व नर्सिङ् दिवसको अवसरमा नारायणी अस्पतालकी नर्स थापा सम्मानित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । विश्व नर्सिङ् दिवसका अवसरमा वीरगञ्जस्थित नारायणी अस्पतालकी नर्स हेमा थापा सम्मानित भएकी छिन् । स्वास्थ्य पत्रकार समूह पर्साले दिवसकै अवसरमा विगत तीन दशकदेखि कार्यरत थापालाई कदर पत्रमार्फत सम्मान गरेको हो ।

स्वास्थ्य पत्रकार संघ पर्साका अध्यक्ष राजेन्द्र सिंहकाअनुसार थापाको सक्रियता र निरन्तरताको कदर गर्दै कदर पत्रमार्फत सम्मान गरिएको हो ।

नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष एवम् मधेश प्रदेश ईन्चार्जसँगै नारायणी अस्पाललका बरिष्ठ फिजिसियन डा. निरज कुमार सिंह र स्वास्थ्य पत्रकार समूह पर्साका अध्यक्ष राजेन्द्र सिंहले कदर पत्र प्रदान गरेका हुन् ।

कदर पत्र प्रदान गर्दै बरिष्ठ फिजिसियन डा. सिंहले थापाको सक्रियताको सह्राना गरे । थापाले कोभिड १९ को महामारीमा पनि अग्रपंक्तीमा खटिएको गरेको काम सह्रानीय रहेको बताउँदै उनले थापाबाट अरुले पनि अनुकरण गर्नुपर्ने बताए ।

नारायणी अस्पतालमा लामो समयदेखि निरन्तर जनमुखी काम गर्दै आएकी थापा विशेष गरी प्रसुती गृहमा भएका समस्या र तीनको समाधानका लागि पनि पहल गर्दै आएकी छिन् । यसअघि उनी राष्ट्रपतिबाट समेत राष्ट्रिय सम्मानबाट विभुषित भइसकेकी छिन् ।

सम्मान ग्रहण गर्दै थापाले स्वास्थ्य पत्रकार समूहले सम्मानसँगै जिम्मेवारी पनि थपिदिएको प्रतिक्रिया दिइन् । साथै उनले आगामी दिनमा अझै कर्तव्यनिष्ठ भएर काम गर्ने ऊर्जा थपिएको बताइन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद