Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मुक्त कमैया कम्लहरी मुक्त हलिया, हरवाचरवाले बुझाए वीरगंज महानगरका उप-प्रमुख आलमलाई ज्ञापन पत्र

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । मुक्त कमैया कम्लहरी मुक्त हलिया, हरवाचरवाले वीरगंज महानगरपालिकाका उप-मेयर इम्तियाज आलमलाई ज्ञापन पत्र बुझाएका छन्।

नेपालको संविधानको धारा २९ शोषणविरुद्धको हक अन्तरगत उपधारा (३) मा कसैलाई पनि बेचविखन गर्न,दास वा बांधा बनाउन पाइन् छैन र उपधारा (४) मा कसैलाई पनि निजको इच्छा विरुद्ध काममा लगाउन पाईने छैन भने धारा ४० को उपधारा (५) र (६) मा दलितहरुलाई एक पटक जमिन र आवास उपलब्ध गराउने मौलिक हकको व्यवस्था गरेको छ ।

तर पनि मधेस प्रदेशका ८ वटा जिल्लाहरुमा रहेका करिव १ लाखभन्दा बढी हरवाचरवा परिवारहरु अनियमित ऋणका कारण अझैपनि बँधुवाको रुपमा काम गरिरहेको कुरा बिभीन्न अध्ययन अनुसन्धानले देखाएको छ ।

मुक्त कमैया कम्लहरी मुक्त हलिया, हरवाचरवा सम्बन्धी वस्तुस्थिति अध्ययन समिति’ ले गतः२०७९ वैशाख ९ गते आफ्नो अध्यययन प्रतिवेदनको सिफारीश लाई समुचित ठहऱ्याउँदै भूमि व्यवस्था, सहकारी तथा गरिवी

निवारण मन्त्रीज्यूको सक्रिय पहलमा विद्यमान कमैया श्रम निषेध ऐन २०५८ अनुसार गत २०७९ श्रावण २ गते‌ हरवाचरवाको मुक्ति र ऋण र कागजात खारेजी सम्बन्धमा ऐतिहासिक घोषणा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाबाट भएको व्यहोरा सगौरव जानकारी गराउन चाहन्छौ । तर हरवाचरवा मुक्तीको घोषणा भएको ९ महिना बितीसक्दा समेत अहिलेसम्म पुनर्स्थापनाको कुनै पनि काम अगाडी बढन सकिरहेको छैन ।

यसै तथ्यलाई मध्यनजर गर्दै मुक्त हरवाचरवाको न्यायिक पुनःस्थापना हाम्रो सरोकार,भूमि, शिक्षा,स्वास्थ्य,रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार भन्ने मूल नाराका साथ यही २०७९ चैत्र २५ देखि २८ गते सम्म पुनःस्थापनाका लागि हरवाचरवा अधिकार यात्रा ऐतिहासिक रुपमा भव्यताकासाथ सम्पन्न भयो।मधेश ८ वटा जिल्लाको २५ स्थानमा कोणसभा सम्पन्न भई १० हजार बढि जनसमुदाय परिचालित भएका थिए।

यात्राकाक्रममा मन्त्री, सासद,स्थानीय पालिकाका मेयर, उप-मेयर,अध्यक्ष तथा उपाध्यक्ष वडाध्यक्षहरुको व्यापक सहभागिता रहेको थियो।उक्त यात्राका क्रममा यहाँको समेत प्रतिबद्धताका लागी यहांलाई धन्यवाद दिन चाहान्छौं ।

उक्त प्रतिबद्धतालाई ध्यानमा राख्दै स्थानिय सरकारको आगामी निति,कार्यक्रम र बजेट मार्फत मुक्त हरवाचरवाको न्यायिक पुनःस्थापनाको सवाललाई सम्बोधन गर्न गराउनका लागि निम्नानुसारका मागहरु राखि यो ज्ञापनपत्र पेश गरेका छन्।

हर्वाचर्वा को मागहरु:

  1. संघ र प्रदेश सरकारसंगको समन्वयमा स्थानीय सरकारद्वारा मुक्त हरवाचरवाको वास्तविक तथ्यांक संकलन गरी उनीहरूलाई बर्गिकृत परिचय पत्र प्रदान गरियोस ।
  2.  मुक्त हरवाचरवाको शिक्षा, स्वास्थ्य र रोजगारीको अधिकार सुनिश्चित गरियोस् र लैंङ्गिक भेदभाव बिना सबैलाई समान र उचित ज्याला सुनिश्चित गरियोस् ।
  3. मुक्त घाषित मुक्त हरवाचरवाको सम्पूर्ण शान्ति सुरक्षाको व्यवस्था गरियोस ।
  4. दिगो पुनस्थापना योजना जारी गरी कार्यान्वयन गरियोस र मुक्त
  5. हरवाचरवाको भूमि,खाना र आश्रयको अधिकार सुनिश्चित गर्नका साथै महिला र बालबालिकाको अधिकारलाई पर्याप्त रूपमा सम्बोधन गरियोस ।
  6. सरकारका सबै नीतिगत निर्णय गर्ने तहहरूमा मुक्त हरवाचरवाहरुको समानुपातिक र अर्थपूर्ण आवाज र प्रतिनिधित्व सुनिश्चित गरियोस् ।
  7.  आगामी आर्थिक बर्षको निति, कार्यक्रम र बजेटमा हरवाचरवाको पक्षमा निति, कार्यक्रम र बजेट विनियोजन गरियोस ।

हरवाचरवाको पहिचान,परिचयपत्र र पुनःस्थापनाका लागी स्थानिय तहबाट कार्यविधि निर्माण गर भन्ने मागँहरु राख्दै पालिका स्तरिय हरवाचरवा अधिकार मञ्चका अध्यक्ष जयप्रकाश माझी द्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद