Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
A A
file photo

file photo

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन्

सिङ्गापुर पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा बाह्रदशी गाउँपालिका-६ घर भई काठमाडौँ महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने २० वर्षीय सृजन निरौलालाई प्रहरीले पक्राउ गरेको छ ।

उनले १२ जनालाई वैदेशिक रोजगारीको लागि सिङ्गापुर पठाई प्रतिष्ठित होटलमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी ९५ लाख रुपैयाँ ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनांगलबाट पक्राउ गरेको हो ।

त्यसै गरी वैदेशिक रोजगारीका लागि माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलान्चोक धुलिखेल नगरपालिका-९ घर भई हाल काठमाडौँ महानगरपालिका-३२ जडिबुटी नरेफाँट बस्ने ४६ वर्षीय अन्जन सिग्देललाई प्रहरीले पक्राउ गरेको छ ।

उनले वैदेशिक रोजगारका लागि माल्दिभ्स पठाइदिन्छु आकर्षक तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट रकम ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं जडीबुटी नरेफाँटबाट पक्राउ गरेको हो ।

उनीहरू दुबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद