वीरगञ्ज,२८ बैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको रकम सहित मंगलवार दुई जना पक्राउ गरेको छ । उनीहरुको साथबाट १२ लाख स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ पर्नेहरुमा भारत बिहार पुर्वी चम्पारण ग्राम पञ्चायत भेलाही बस्ने बर्ष ४० को धनन्जय कुमार गुप्ता र सोही स्थान वडा नंं ६ बस्ने बर्ष २६ को मुसाहेब आलम रहेको प्रहरीले जनाएको छ ।
पर्साको बिन्दबासीनी गाउँपालिका वडा नं.५ प्रसौनीभाटा पुल नजिकैबाट प्रहरी चौकी प्रसौनीभठ्ठाबाट खटिएको चेकीङ टोलीले बीरगन्जबाट प्रसौनीभाठ्ठातर्फ जाँदै गरेको अवस्था मोटर साईकल रोकी चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएपछि उनीहरुलाई पक्राउ गरेको थियो ।
प्रहरीले उनीहरुले चललाएको BR 05 S 4702 नम्बरको मोटर साईकल समेत नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले बुधवार प्रेस बिज्ञप्ती जारी गरी जानकारी दिएको छ ।