वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नेपाल आयल निगम बीरगन्ज शाखालाई ५ हजार रुपैया जरिवाना गरेको छ । बीरगन्ज वडा न १५ लक्ष्मणवा प्रतिमा चौक नजिक शाखा कार्यालय अगाडी बाटोमा फोहोर फ्याकेर आगो लगाएकोले महानगरपालिकाले जरिवाना गरेको हो ।

गर्मीको मौसममा तेज तातो हावा चलिरहेको अव्यवस्थामा गैर जिम्मेवारी पुर्वक बिजुली ट्रान्सर्फमर मुनि फोहोरमा आगो लगाएको पाइएकोले ५ हजार जरिवाना गरिएको सरसफाइ अभियान को संयोजक प्रकाश खेतानले जानकारी दिनु भएको छ ।
सरसफाइमा नगरवासीहरु ले फोहर संकलन गर्न आउने गाडीहरू मा फोहोर राखीरहेको अवस्थामा जिम्मेवार सरकारी निकायले नै गैर जिम्मेवारी कार्य गरेको सरसफाइ शाखा प्रमुख सर्फुदिन मियाँले बताए ।
आफ्नो प्रतिक्रिया दिनुहोस