वीरगञ्ज,२७ वैशाख । महिला तथा बालिका माथी हुने हिंसा न्यूनीकरणमा पुरुषहरू संगको सहकार्य बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।पर्सा को बिरगंज स्थित होटेल रोयल पाटी प्यालेस मा बुधबार एक कार्यक्रम को आयोजना गरि एकदिने महिला तथा बालिका माथी हुने हिंसा न्यूनीकरणमा पुरुषहरू संगको सहकार्य बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा समाजमा भैइ रहेको महिला तथा बालिका माथी हुने हिंसा न्यूनीकरणमा पुरुषहरू संगको सहकार्य बारे पुरुषहरु को भुमिका घर देखि घर बाहिर कस्तो हुनुपर्ने बारे पुरुषहरू संग अन्तरक्रिया गरिएको थियोे ।
यस्तै कार्यक्रम लैंगिक हिंसा भनेको के हो ?,लैंगिक हिंसा का कारणहरु के तथा लैंगिक हिंसा तथा बिभेदको अन्त्री र लैंगिक समानता सम्बन्धि कानुनी व्यवस्थाहरु बारे उपस्थित पुरुषहरु संग छलफल गरिएको थियो ।
समाजमा हुने हिंसा को कारण अर्थिक ,शिक्षा को कमि भएका मा हिंसा को घटना गरेको वक्ताहरे बताए ।
पछिल्लो समयको अवस्थ लाई हेर्दा महिला हिंसामा कमि आएको सोही कार्यक्रम मा सहभागी एक युवा किशोरी साइस्ता वजिर ले बताइन् ।
दलित महिला केन्द्र नेपालको आयोजनामा भएको कार्यक्रम नेपाल सरकारको पुर्व उप सचिव तथा लैंगिक तथा समाजिक समावेशिकरण बिज्ञ सरु जोशी श्रेष्ठ र त्रिबि प्रोफेसर डा.निति अर्याल खनालले प्रशिक्षण दिएका थिए ।
महिला तथा किशोरी माथी हुने हिंसा विरुद्ध लडाइ को अभियान दुई वर्ष देखि पर्सा ,बारा तथा सिराहा को दश वटा पालिकामा काम गर्दै आएको दलित महिला केन्द्र नेपालकि प्रबन्धक संचिता महर्जन ले जानकारी दिनु भयो ।



