वीरगञ्ज । सुन, हिरा तथा विभिन्न बहुमूल्य पत्थरहरुसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत हौँडा जिल्लाको डोमजुर ग्राम पञ्चायत बदमपुरटोल बस्ने वर्ष ४५ को बुद्धदेव मैती रहेका छन् ।
भारतबाट वीरगञ्जतर्फ शंकास्पद रुपमा आउँदै गरेको उनलाई चेकजाचका क्रममा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट सुनको सिक्री २७ थान (२२४.८ ग्राम), हिरा जस्तो देखिने टल्कने कालो सेतो पत्थर २१.९ ग्राम, पोल्की हिरा जस्तो देखिने पत्थर ५.२० ग्राम, हरियो पन्ना जस्तो देखिने पत्थर ६.७८ ग्राम, रातो रुबी जस्तो देखिने पत्थर ८.४९ ग्राम, निलो रंगको निजम २.३८ ग्राम, तलमरी पत्थर ७२ ग्राम, रूबी जस्तो देखिने रातो पत्थर २१ ग्राम, रातो रंगको (आर्टिफिसियल) स्टोन ११.६०० ग्राम बरामद गरेको छ ।
उक्त गहनासहितको मूल्य २९ लाख ४४ हजार ६३३ अनुमान प्रहरीले गरेको छ ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।