Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

यादगार’ सहकारी सँस्था पुनः संचालनमा, बचतकर्ताहरुको रकम फिर्ता गरिने कोषाध्यक्षको भनाई

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २४,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, २४ वैशाख । वीरगंज महानगरपालिका वडा नं. १७ रानीघाट स्थित ‘यादगार’ बचत तथा ऋण सहकारी सँस्था आइतबारदेखि पुनः संचालनमा आएको छ । सहकारीका संचालक एवं अध्यक्ष वीरगंज महानगरपालिका वडा नं. १५ भिस्वा निवासी हरिन्द्र सिंहका छोरा राहुल सिंह र श्रीमती शान्ति चौधरीले बचतकर्ताको रकम लिई फरार भएपछि चैत १५ गतेदेखि सहकारी बन्द भएको थियो ।

सहकारीका कोषाध्यक्ष वीरगंज महानगरपालिका वडा नं. ९ रानीघाट निवासी बलिराम साहको पहलमा भागेका अध्यक्षलाई पुनः बोलाई हिसाब किताब फर्छयौट गर्ने र सहकारीमा बचत गरेका बचतकर्ताहरुको रकम फिर्ता पनि दिइने सहमति भएपछि सहकारी पुनः संचालनमा आएको हो । सहकारीको खातामा भएको ५÷६ करोड रकम लिएर अध्यक्ष र उनकी श्रीमती अझै फरार छन् ।

अध्यक्ष सिंहले कोषाध्यक्षलाई गुमराहमा पारी यहाँबा अन्यत्र जान सुझाव दिई उल्टै उनीमाथि २ करोड रकम हिनामिना गरेको भनेर जिल्ला अदालत पर्सामा मुद्दा हाली आफै रकम लिएर फरार भएका थिए । कोषाध्यक्ष स्थानीय भएको कारण बचतकर्ताहरुले उनलार्ई बोलाएर समस्या समाधान गर्न भनेपछि आइतबारदेखि सहकारी संचालनमा आएको हो । सहकारीमा बचतकर्ताहरुको रकम बराबर सँस्थाले बजारमा कर्जा लगानी पनि गरेको कारण त्यो कर्जालाई संकलन गरि बचतकर्ताहरुको रकम फिर्ता गरिने सँस्थाका कोषाध्यक्ष बलिराम साहले जानकारी दिए ।

उनका अनुसार सँस्थाका अध्यक्षको चलाखीले सहकारीमा यस्तो समस्या उत्पन्न भएको हो, अब सँस्थाका अन्य सदस्य पदाधिकारीहरुसँग छलफल भई पुनः संचालन गर्ने निर्णय भएको हुँदा बचतकर्ताहरुलाई नआत्तिन आग्रह समेत गरे । उनले बचतकर्ताहरुको एक एक रुपैया हामी फिर्ता गर्छौ, अध्यक्ष सम्पर्क विहीन रहेपनि सँस्थाले बजारमा ठूलो कर्जा लगानी गरेको छ, त्यो कर्जा संकलन गरि विस्तारै विस्तारै बचतकर्ताहरुलाई रकम फिर्ता गरिने बताए ।

आइतबार सँस्था खोल्न जाँदा बचतकर्ताहरुले आफ्नो पैसा दिन दबाब समेत दिएका थिए । तर प्रहरी प्रशासनदेखि बचतकर्ताहरुको रोहबरमा छलफल भई कर्जा लगानी संकलन गरि विस्तारै बचतकर्ताहरुका रकम फिर्ता गर्ने सहमति भएपछि सँस्था संचालनमा आएको हो । अहिले पनि सँस्थाको खाता, हिसाब किताब सबै अध्यक्ष सिंहले आफ्नो निगरानीमा राखेका छन् । त्यो हिसाब किताबलाई शुरुदेखि फर्छयौट गरि विधिवत रुपमा संचालन गरिने बचतकर्ताहरुलाई विश्वस्त गराए ।

लामो समयदेखि संचालित सो सहकारी सँस्थामा रानीघाट, अशोकवाटिका, श्रीपुर, रामगढवा क्षेत्रका अधिकाँश सर्वसाधारणहरुले बचत गर्दै आएका थिए । गरिब परिवारदेखि न्यून्तम वर्गका बचतकर्ताहरुले रकम बचत गर्दै आएकोमा एकाएक संचालक फरार भएपछि बचतकर्ता अन्यौलमा परेका थिए । गरिब निमुखा परिवारका सदस्यहरुले दैनिकी खर्चबाट कटौती गरि दैनिक ५ सय देखि १ हजार रुपैया गरेर ५० हजारदेखि ९ लाखसम्म जम्मा गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०८० बैशाख २४,आईतवार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०८० बैशाख २४,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद