Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंज कलेजमा स्वागत एवं बिदाई कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २३,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ।  वीरगञ्ज कलेज श्रीपुरले शनिबार स्नातक तहका विद्यार्थीहरुका लागि स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।

कलेज परिसरमा आयोजना गरिएको कार्यक्रममा स्नातक पहिलो बर्षका बिधार्थीहरुलाई स्वागत गर्नुको साथै चौथो बर्ष सकेका बिधार्थीहरुलाई बिदाई गरिएको छ ।

बीरगन्ज कलेजका अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीको अध्यक्षता एवं उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा बीरगन्जका चर्चित युवा उद्यमी डा. सुबोध कुमार गुप्ताको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रममा कलेजका छात्र छात्राहरुले बिभिन्न किसिमका झाकी तथा संस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । कार्यक्रमा स्वागत मन्तव्य कलेज शिक्षक रुदल ठाकुरले गरेका थिए ।

कार्यक्रममालाई सम्बोधन गर्दै प्रमुख अतिथी डा. गुप्ताले बीरगन्ज कलेजका बिधार्थीहरु भोलीका दिनमा सफल,कुशल र असल नागरिक बन्नु पर्ने कुरामा जोड दिएका थिए । उनले स्नातक गरी सकेका बिधार्थीहरु कुनै पनि क्षेत्र अथवा कलेजमा अध्ययनका लागि जान योग्य भइसकेको बताउँदै डा. गुप्ताले बिधार्थीहरु कुनै क्षेत्र राम्रो गरेको खण्डमा बीरगन्ज कलेजको समेत नाम हुने धारण व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै बीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमले विद्यार्थीले आफ्नो पढाईलाई अर्जुण दृश्टीको रुपमा लिनु पर्ने र सिकेका कुराहरु व्यवहारमा उतार्नु पर्ने बताए ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै कलेज अध्यक्ष डा. दिपेन्द्र चौधरीले कलेजमा स्नातक तहको ५ आंै ब्याचका बिधार्थीहरुको बिदाई भइरहेको बताउँदै अहिले सम्म कलेजबाट पासआउट भएका बिधार्थीहरु कुनै न कुनै क्षेत्रमा सफल भइसकेको जिकिर गरे ।

उनले केहि बिधार्थीहरु हामी सँगैपनि काम गरी रहेको उदारहणहरु भएको समेत बताए । बीरगन्ज कलेजले जहिले पनि संस्कार सहितको गुणस्तरीय शिक्षामा जोड दिएको डा. चौधरीको भनाई थियो । उनले स्नातक प्रथम बर्षमा भर्ना भएका बिधार्थीहरुलाई बधाई दिनुका साथै चौथो बर्ष पुरागरी कलेजबाट बिदा भइरहेका बिधार्थीहरुको उज्जवल भविष्यको कामना गरे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०८० बैशाख २३,शनिबार
उपनिर्वाचनको मनोनयन आज
मुख्य समाचार

निर्वाचन खर्च पारदर्शी बनाउने आयोगको कडाइ: छुट्टै खाताबाट मात्र आर्थिक कारोबार

प्रकाशित : २०८० बैशाख २३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद