Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

चितवनमा सात वर्षमा ३० बाघ मरे

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २३,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन । विगत सात वर्षमा ३० वटा बाघ मरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन् । आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्ममा ती बाघ मरेका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका बाघमध्ये १४ भाले, आठ पोथी छन् । आठ वटाको पहिचान नखुलेको उनको भनाइ छ । मृत भेटिएका बाघमा बुढो भएर आठ, आपसमा जुधेर आठ, उपचारका क्रममा पाँच, बिरामी भएर एक, विष सेवनबाट तीन र पाँचवटा कारण नखुलेको पाइएको छ ।

यस्तै, आर्थिक वर्ष २०७२/०७३ मा एक, २०७३/०७४ मा चार, २०७४/०७५ मा छ, २०७५/०७६ मा आठ बाघ मृत भेटिएको थियो । आव २०७६/०७७ मा तीन, २०७७/०७८ मा दुई र २०७८/०७९ मा ६ वटा बाघ मृत भेटिएका थिए । चालू आवमा भने बाघ मृत नभेटिएको जनाइएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय बाघको सङ्ख्या बढेको छ ।

सङ्ख्या वृद्धि भएसँगै आहाराको खोजीमा बाघ एकापसमा जुध्ने गर्नाले मृत भेटिने सङ्ख्या बढेको तिवारीले बताए । निकुञ्जको तथ्याङ्कअनुसार चालू आवको चैत मसान्तसम्ममा ९६ वटा वन्यजन्तु मृतावस्थामा भेटिएका छन् । यस्तै, ९६ वटा वन्यजन्तुको उद्धार गरिएको छ । रासस 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्साका युवाहरूले खेलकुद तथा युवा नीतिमा चासो — मन्त्रीसँग व्यापक छलफल, सकारात्मक संकेत
मुख्य समाचार

पर्साका युवाहरूले खेलकुद तथा युवा नीतिमा चासो — मन्त्रीसँग व्यापक छलफल, सकारात्मक संकेत

प्रकाशित : २०८० बैशाख २३,शनिबार
मोबिल उद्योगका लेखापालमाथि सिर्सिया नदी प्रदूषण गरेको आरोपमा दुर्व्यवहार
मुख्य समाचार

मोबिल उद्योगका लेखापालमाथि सिर्सिया नदी प्रदूषण गरेको आरोपमा दुर्व्यवहार

प्रकाशित : २०८० बैशाख २३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद