Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

५० रुपैयाँमै खाना खुवाँउदै आएको भरपेट भोजनालय फेरि सन्चालनमा आउने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २२,शुक्रबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२२ वैशाख । गरिब विपन्न तथा मजदुरहरुलाई ५० रुपैयाँमै खाना खुवाँउदै आएको भरपेट भोजनालय फेरि सन्चालनमा आउने भएको छ ।

सानो पाइला नामक सामाजिक संस्थाले गरिब विपन्न मजदुर र विधार्थीका लक्षित गरि सन्चालन गरेको भरपेट भोजनालय खर्च थेग्न नसकेको भन्दै चार महिना अघि बन्द भएको थियो । बढ्दो महङगीका कारण खर्च थेग्न नसकेर चार महिना पहिले बन्द गरिएको भरपेट भोजनालय जेठ महिनाको पहिलोसाता देखि फेरि सन्चालनमा ल्याउने तयारी भइरहेको सानो पाइलाका संस्थापक दिपक बहादुर श्रेष्ठले बताए ।

भरपेट भोजनालयले शुक्रबार आयोजन गरेको पत्रकार भेटटघाट कार्यक्रममा भरपेट भोजनालय फेरि सन्चालनमा आउने श्रेष्ठले बाताएका हुन् । उनले भने,‘ चार महिनादेखि भोजनालय बन्द छ , तर अहिलेपनि न गरिब , विपन्न र मजदुरहरु खाना खोज्दै दिनहँु यहाँ आउछन् , बन्द भएको देखेर निराश भएर फर्किन्छन् , त्यसका कारण खर्चको व्यवस्थापन गरेर फेरि जेठ पहिलो सातादेखि सन्चालनमा ल्याउने तयारीमा जुटेका छौं ।

भोजनालय पुन सन्चालनका लागि दीर्घकालीन उपाय खोज्नमा लागिरहेको भन्दै उनले भने,‘ दाताहरुबाट अहिलेसम्म ३० प्रतिशत रकम जम्मा भइसकेको छ , अब बाँकी रहेको ७० प्रतिशत रकम पनि दाताहरुबाटै जुटाउने अभियानमा लागिरहेका छौं ।

यसका लागि वीरगन्ज महानगरपालिकासंग पनि समन्वय गरिरहेको श्रेष्ठले बताए । श्रेष्ठले भने,‘ डेढ वर्षपहिले भरपेट भोजनालय सन्चालन गर्दाकै ताका यसको स्वामित्व स्थानीय सरकारले लिओस् भन्ने हाम्रो चाहना थियो तर त्यसो हुन सकेन , अहिले भने मेयरसाबसंग कुरा भएको छ , उहाँ सकरात्मक हुनुहुन्छ ।श्रेष्ठका अनुसार , वीरगन्ज महानगरपालिकाको मुर्लीमा २०७८ साउन ३१ गतेदेखि ५० रुपैयामा एक छाक खाना खुवाउने गरि भरपेट भोजनालय सन्चालनमा ल्याईएको थियो ।

व्यपारभन्दा पनि सेवामुखी उदेश्यले सन्चालित भोजनालय बढ्दो महङगीका कारण खर्च थेग्न नसकि घाटामा गएको भन्दै सानो पाइलाले उक्त भोजनालय २०७९ पुष ११ गतेदेखि बन्द गरिदिएको थियो ।

मासिक १ लाख ६२ हजार ९ सय रुपैया घाटामा जानथालेपछि गत पुष ११ गतेदेखि भोजनालय बन्द गर्नु परेको श्रेष्ठले बताए । भोजनालयको मासिक खर्च ५ लाख ६ हजार ६ सय ६७ रुपैया हुदै आएपनि आम्दानी भने ३ लाख ५८ हजार ७ सय ५० रुपैयाँ मात्रै हुने गरेको उनले बताए ।

श्रेष्ठले भने,‘ हामीले प्रति व्याक्ति ५० रुपैयाँमा खाना खुवाउदै आएका थियौं , तर त्यो खानाको लागत भने ८५ रुपैयाँ पथ्र्यो , ३५ रुपैयाँ घाटा खेपेर भएपनि सेवा भावले हामीले भोजनालय सन्चालन गरिहेकै थियौं , दाताहरु वा स्थानीय सरकारबाट सहयोग पाइन्छ भन्ने हाम्रो अपेक्षा थियो , तर कतैबाट सहयोग नपाएपछि निरन्तर भइरहेको घाटा संस्थाले थेग्न नसकेर बन्द गर्नु परयो ।

श्रेष्ठका अनुसार , भोजनालय सन्चालनमा रहेको १७ महिनाको अवधीमा संस्थाले २८ लाख ७४ हजार रुपैयाँ घाटा व्यवहोर्नु परेको र त्यो रकम संस्थाको कोषबाट पुर्ति गर्नु परेको संस्थाका संस्थापक एंव सल्लाहकार कञ्चन झाले जानकारी दिए ।

उनले भने,‘ संस्थाको कोषपनि रित्तिएपछि अन्त्यमा केहि विल्कप नभएपछि गत पुष ११ देखि भोजनालय बन्द गर्नु पर्ने बाध्यता भयो ।

आर्थिक नगरी वीरगन्जमा विशुद्ध सेवाभावले गरिब विपन्नका लागि सन्चालित भोजनालय बन्द भएको ४ महिना भइसक्दा समेत यसलाई पुन सन्चालनका लागि कसैले चासो नलिदाँ दुख समेत लागेको झाले बताए ।

झाले भने,‘ यो सन्चालन गर्दाखेरि नै हामीले यसको स्वामित्व र अपन्तव स्थानीय सरकार वा प्रदेश सरकारले लिओस् भन्ने हाम्रो अपेक्षा र चाहना थियो , तर ती दुवैमध्ये कोहि पनि अगाडि सरेरनन् ,जसका कारण चार महिनादेखि भोजनालय बन्द छ ।

स्थानीय सरकार र प्रदेश सरकारले चासो नदिएपनि गरिब, विपन्न र मजदुरको आशाको केन्द्र बनेको भोजनालय पुन सन्चालनका लागि अब संस्था आफैले दाताहरु खोजिरहेको झाले बताए । उनले पनि भने,‘ केहि दाताहरु अगाडि सरिसक्नु भएको छ , त्यसकारण जेठ पहिलोसाता देखि फेरि सन्चालनमा ल्याउने तयारीमा लागिसकेका छौं । स्थानीय सरकारले यसको स्वामित्व लिओस् भन्ने अपेक्षा अझैैपनि रहेको उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०८० बैशाख २२,शुक्रबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०८० बैशाख २२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद