वीरगञ्ज,२२बैशाख । वीरगञ्ज शहरको सरसफाई र सौन्दर्यकरणमा लागेको महानगरपालिकाले सडक, पेटी र नालामा फोहोर फाल्ने ३ सय ८९ जनालाई कारबाही गरि ९ लाख रुपैया भन्दा बढि जरीवाना असुल गरेको छ।
जथाभावी फोहोर फाल्नेहरु विरुद्ध कारबाही गर्ने अभियान नै चलाएको महानगरपालिकाले चार महिनाको अवधिमा ३ सय ८९ जनालाई कारबाही गरि जरिवाना बापत ९ लाख ११ हजार ५०५ रुपैयाँ रकम असुल गरेको महानगरको फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख सरफुदिन मियाँले जानकारी दिए ।
वीरगञ्ज शहरलाई सफा र स्वच्छ राख्न सरसफाई र सौन्दर्यकरण अभियान अन्तर्गत महानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई नगद १ हजार देखि ५१ हजार रुपैयाँसम्म जरिवाना तिराउदै आएको छ ।महानगरको उक्त अभियानका कारण केहि समय सता वीरगन्ज शहर सफा र स्वच्छका साथै सुन्दरपनि देखिन थालेको वीरगञ्जवासीहरु बताउछन् ।