Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

स्वदेशी उत्पादनको प्रवर्द्धनलाई बजेटमा विशेष व्यवस्था गर्छौं : उद्योगमन्त्री रिजाल

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २१,बिहीबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न बजेटमा विशेष व्यवस्था गरिने बताएका छन्।

उद्यमी घरको बृहत् मेला तथा प्रदर्शनी तथा उद्घाटन समारोहमा मन्त्री रिजालले स्वदेशी उत्पादनको प्रवर्द्धन बढाउने कार्यक्रम आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा राखिने बताए।

सरकारले १५ प्रतिशत महँगो पर्ने भएपनि सरकारी कार्यालयमा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने नीति राखेपनि त्यो कार्यान्वयनमा नआएको मन्त्री रिजालको भनाइ छ।

यसलाई कार्यान्वयनमा ल्याउनेबारे मन्त्रीपरिषद्मा छलफल गरिने मन्त्री रिजालले बताए।

‘म यसबारे अब हुने क्याबिनेटको मिटिङमा राख्छु,’ मन्त्री रिजालले भने।

उद्यमीले उत्पादन गरेका सामानको बजारीकरणमा मन्त्रालयले पूर्ण सहयोग गर्ने मन्त्री रिजालको भनाइ छ।

उद्यमी घर सबै उद्यमीले उत्पादन गरेका सामान पाइने भएकाले उद्यमीहरूले उत्पादन गरेका सामान पाइने सुपर मार्केट भएको मन्त्री रिजालले बताए।

यो ‘सुपर मार्केट,’ मन्त्री रिजालले उद्यमी घरलाई लक्षित गर्दै भने, ‘यहाँ उद्यमीले उत्पादन गरेका सबै प्रकारका सामान पाइन्छ।’

साना उद्यमीले उत्पादन गरेका सामानले बजार नपाउँदा स्थानीय तहले दिएको तालिम खेर गइरहेको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बताए।

‘उत्पादनलाई बजारीकरण गर्न सकिएन भने स्थानीय तहले दिएको तालिमको अर्थ हुँदैन,’ मेयर महर्जनले भने।

बजारीकरणलाई सरकारले विशेष प्राथमिकतामा राखे रोजगारी बढ्नुका साथै राजस्वमा वृद्धि हुने उनको भनाइ छ।

नेपाली उत्पादनको प्रोत्साहन र उपयोगका लागि सरकारले नीतिगत व्यवस्था गर्नुका साथै कार्यान्वयनमा ल्याउनु पर्ने उद्यमी घरका सञ्चालक दीपक कार्कीले बताए।

कार्कीका अनुसार उद्यमी घरको प्रदर्शनी शनिबारसम्म चल्नेछ। सो समयमा उद्यमी घरको सामान खरिदमा १० प्रतिशत छुट समेत दिइएको छ।

साना उद्यमीले उत्पादन गरेका सबै प्रकारका सामग्री एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले उद्यमी घर निर्माण गरिएको नौ महिना भयो।

यहाँ ढाका, पश्मिना, सिस्नो, गाँजा (हेम्प), केरा, बाँसको रेसा र रेशम (सिल्क) बाट बनेका लुगा पाइन्छ।

सारी, कुर्तासुरूवाल, लेहेंगा, दौरासुरूवाल, कोट र जातीय–सांस्कृतिक वेशभूषाका तयारी लुगादेखि तन्ना र रूमालसम्म। पास्नी र बिहेका लागि खास किसिमका पोसाक पाइन्छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट
मुख्य समाचार

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट

प्रकाशित : २०८० बैशाख २१,बिहीबार
वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा
मुख्य समाचार

वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा

प्रकाशित : २०८० बैशाख २१,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद