Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

झापामा भन्सार छलीका झन्डै २३ लाख बराबरको सामान बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २१,बिहीबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

झापा । झापामा भन्सार छलेर ल्याएका झन्डै २३ लाख बराबरको सामानसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

मेचिनगर नगरपालिका-६ स्थित काली खोला छेउमा पूर्वबाट पश्चिम जाँदै गरेको ट्रकबाट प्रहरीले झन्डै २३ लाख बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।

ट्रकका चालक भारत जल्पाइगुडी बुलेट पञ्चायत थाना कर्तली बस्ने ३८ वर्षीय निरन्जन रायलाई प्रहरीले पक्राउ गरेको हो।

डब्ल्युबी ७३ ए ४२६६ नम्बरको भारतीय नम्बरको ट्रक भन्सार कार्यालय भित्र प्रवेश गरी एक दिनको भन्सार काटेर निस्किएको थियो। उक्त ट्रक खाली नै देखाइएको थियो।

तर शंका लागेर प्रहरीले ट्रकलाई पछ्याएको थियो। त्यसक्रममा रोकेर चेक गर्नेक्रममा भन्सार छलीका मोबाइल, लत्ताकपडाहरू लुकाएर ल्याएको पाइएको एसपी रेग्मीले बताए।

ट्रकको क्याबिनबाट ३५ वटा मोबाइल, २४ कार्टुन टाइल, २ कार्टुन औषधी र राधेराधे लेखिएको गम्छा कपडा गरी जम्मा १० लाख ९० हजार १७० बराबरको सामान बरामद भएको हो।

प्रहरीले अन्दाजी १२ लाख बराबरको पूरानो ट्रक पनि बरामद गरेको छ।

कार्यालयले जम्मा २२ लाख ९० हजार १७० रुपैयाँ बराबरको ट्रकसहित सामान बरामद गरेको हो। चालक, ट्रक र सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइसएको एसपी रेग्मीले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० बैशाख २१,बिहीबार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०८० बैशाख २१,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद