Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नगर विकासको सिर्सिया प्लटिङको जग्गा नापजाँच सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २१,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १९ बैशाख । वीरगञ्ज महानगरपालिकाको वडा नम्वर २५ सिर्सियामा नगर विकास समितिले प्लटिङ गरेको जग्गा आजबाट नापजाँच गरेर छुट्याउन सुरु गरिएको छ ।

नगर विकास समितिले व्यवस्थित शहर विकास गर्न भन्दै २०४२ चैत २८ मै २६ विघा जग्गामा प्लटिङ गरेको थियो ।

प्लटिङको बीचमा ६० फिटको फराकिलो बाटो र सहायक सडकहरु ३५/३५ फिटको छुट्याएर नगर विकासले व्यवस्थित वस्ति बसाल्न खोजेको थियो ।

प्लटिङको जग्गा नगर विकाससँग व्यक्तिहरुले खरिद गरेको भए पनि अहिलेसम्म त्यसमा वस्ति भने बस्न सकेको छैन । नगर विकासले नक्सांकन गरेर प्लटिङ गरे पनि नापी कार्यालयले नापजाँच गरेर नक्सा छुट्याउन अवरोध गर्दा अहिलेसम्म पनि त्यहाँ वस्ति विकास हुन नसकेको जानकारहरु बताउँछन् ।

आजबाट नापी कार्यालय र महानगरपालिकाको संयुक्त टोली नापजाँचमा खटेर सडक तथा नाला छुट्याउने काम गरिरहेको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालयमा नापी कार्यालयका प्रमुख नारायण श्रेष्ठले एक हप्ता भित्रमा प्लटिङको जग्गा नापजाँचको काम सक्ने लिखित प्रतिबद्धता जनाए अनुरुप आजैबाट काम अघि बढेको हो ।

टोलीले बुधबार दक्षिण तर्फ ६० फिटको सडकका साथै ३५/३५ फिटको ५ वटा सडक नापजाँच गरेर छुट्याइदिनुका साथै किलाकाटी समेत गरेको छ । एक हप्ता भित्र नापजाँच सक्ने गरी काम भइरहेको महानगरको नापी शाखाका प्रमुख देवलाल प्रसादले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०८० बैशाख २१,बिहीबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०८० बैशाख २१,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद