वीरगञ्ज, २१ बैशाख । प्रकाश ईन्टरनेश्नल एजुकेशन प्रा.लि. वीरगंजको बुधबार एक समारोहका बिच उदघाटन सम्पन्न भएको छ ।
वीरगंज–८ पानीटंकी प्रभु हस्पिटल रोड डा. गजुरेलको क्लिनिकको सामुनेमा रहेको एजुकेशन प्रा.लि.कार्यालयको वीरगंज महानगरपालिकाको शैक्षिक महाशाखा प्रमुख अरबिन्दलाल कर्णले रिबन काटेर उदघाटन गरेका थिए ।
उदघाटन गर्दै प्रमुख अतिथि कर्णले यो प्रा.लि.बाट विदेश पढन जाने कुनै पनि नेपाली विद्यार्थी कुनै किसिमको समस्यामा नपरुन भन्दै हार्दिक बधाई सहित सफलताको कामना गरेका थिए । यो संस्थाबाट विदेश गएका एक जना विद्यार्थी सफल भएर आएपछि सोही विद्यार्थीले यसको प्रचार प्रसारमा सहयोग गर्ने बताएका थिए ।
यो संस्थाले भारत, बंगलादेश, चीन, ईटाली, क्यानाडा, फिलिपिन्स लगायतका देशहरुमा ईन्जिनियरिङ्ग, व्यवस्थापन, स्वास्थ्य विज्ञान, पारामेडिकल लगायतका कोर्षहरु पढनका लागि यहाँबाट पठाईने एजुकेशन प्रा.लि.का प्रोपराईटर जयप्रकाश चौरसियाले बताए ।
उदघाटन समारोहमा आम जनता पार्टीका जिल्ला सदस्य एवं युवा नेता संजिव गुप्ता, त्यसैगरी रबिन्द्र कुमार दास, अर्जुन गुप्ता, प्रविण दारुका लगायतको सहभागीता रहेको थियो ।