Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २१,बिहीबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको भिमफेदी गाउँपालिका-६ जुरिखेतस्थित सडकमा प्रदेश-०२ ०२० प ४२३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा चालक बारा पर्सौनि नगरपालिका-५ बस्ने २५ वर्षीय लाल बाबु सहनि मलाहा र मोटरसाइकलमा सवार बारा पर्सौनि नगरपालिका-५ बस्ने २० वर्षीय गोरख भन्ने रबिन्द्र मण्डल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका मलाहाको सरकारी अस्पताल हेटौडामा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै मोरङको लेटाङ नगरपालिका-७ भिरिङखास्थित सडकमा प्र.न.१-०२-००१ ज ३९५३ नम्बरको पिकअप गाडी अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा चालक मोरङ पथ नगरपालिका बस्ने ३० वर्षीय मनोज दियाली र पिकअपमा सवार मोरङ लेटाङ नगरपालिका-३ बस्ने ७४ वर्षीय जीवन श्रेष्ठ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।

बाराको कोल्हबी नगरपालिका-१ बटौलियास्थित सडकमा ग.५ प ३५८६ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकलमा सवार सोही नगरपालिका-१० बस्ने ६० वर्षीया तारा देवी पासवानको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकल जननायक कोल्हबी हुँदै एलएस न्युरो अस्पताल प्रसौनीमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च
मुख्य समाचार

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

प्रकाशित : २०८० बैशाख २१,बिहीबार
जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग
मुख्य समाचार

जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग

प्रकाशित : २०८० बैशाख २१,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद