काठमाडौं- नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।
आज सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको छ। यसअघि ०७९ चैत २२ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। त्यसदिन सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस