Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मेयर सिंहले गरे नारायणी अस्पतालको निरीक्षण, बन्द आई.सी.यू.संचालन गर्न सहयोग गर्ने 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २०,बुधबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २० बैशाख । नारायणी अस्पतालको बन्द अवस्थामा रहेको २३ बेडको आई.सी.यू. वार्ड वीरगञ्ज महानगरपालिकाको सहयोगमा संचालनमा आउने भएको छ ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बुधबार अस्पतालको अनुगमन गर्नुहुँदै बन्द अवस्थामा रहेको आई.सी.यू.वार्ड आउँदो आइतबारबाट पूर्ण क्षमतामा संचालनमा ल्याउन आवश्यक जनशक्ति सहयोग गर्ने बताउनु भयो ।

आई.सी.यू. संचालनमा ल्याउन २८ जना जनशक्ति आवश्यक पर्ने अस्पतालले जनाएको छ ।

यस्तै अस्पतालको प्रसुती गृहमा बिरामीलाई सहज सेवा प्रदानका लागि आवश्यक संरचना निर्माण गर्न पनि महानगरले आउँदो अर्थिक वर्षमा लगानी गर्ने महानगर प्रमुख सिंहले बताउनु भयो ।

अस्पतालमा आउने बिरामीहरुलाई उपचारमा कुनै कमी नराख्न पनि उहाँले चिकित्सक, स्वास्थ्यकर्मीलाई आग्रह गर्नु भयो ।

अनुगमनमा पुग्नु भएका नगरप्रमुक सिंहलाई अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चित्तरन्जन साहले अस्पतालको समसामयिक विषयमा जानकारी गराउनु भएको थियो ।

अस्पतालको निरीक्षणमा महानगर पालिका प्रमुख प्रशासकीय अधिकृत  लक्ष्मीप्रसाद पौडेल, नगर प्रमुखको सल्लाहकारद्व्य प्रकाश अमात्य, महेश दास, डा सरोज कुमार सिंह, नर्सिङ प्रमुख हेमा थापा लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० बैशाख २०,बुधबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० बैशाख २०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद