Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा ५० प्रतिशतले बढ्यो व्यवसाय दर्ता

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १९,मंगलवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १९ बैशाख । वीरगञ्ज महानगरपालिकामा व्यवसाय दर्ता गर्नेको संख्यामा उल्लेख्य बृद्धि भएको छ ।

जुनसुकै व्यवसाय विना दर्ता संचालन गर्न कडाई गरेपछि दर्ता गर्नेको संख्या बृद्धि भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले बताउनुभयो ।

व्यवसाय दर्ता महानगरका लागि दिगो आयस्रोत भएको र यसले राष्ट्रिय राजश्वमा समेत महत्वपूर्ण भूमिका खेल्ने भएकाले जुनसुकै व्यवसाय संचालन गर्न महानगरमा दर्ता अनिवार्य गरिएको उहाँले बताउनुभयो ।

गएको आर्थिक वर्ष २०७५÷०७६ मा ४ हजार ३ सय ७७ व्यवसाय दर्ता भएकोमा चालु आर्थिक वर्ष २०७९÷०८० को बैशाख १५ सम्म आइपुग्दा त्यो संख्या ५० प्रतिशतले बढेर ६ हजार ५ सय ८३ पुगेको महानगरको तथ्यांकले देखाएको छ ।

पछिल्लो ४ वर्षमा व्यवसाय गर्नेको संख्या २ हजार २ सय ६ थपिएका छन् । व्यवसाय दर्तालाई प्रभावकारी बनाउन अहिले महानगरपालिकाले छुट्टै टोली नै परिचालन गरेको छ ।

स्थलगत रुपमै पुगेको टोलीले उद्योग तथा पसलमै पुगेर व्यवसाय नविकरण तथा नयाँ दर्ता गर्ने गरेको छ ।

व्यवसाय दर्ताको संख्या बढेसँगै राजश्व संलकनमा समेत बृद्धि भएको छ ।

गत आर्थिक वर्षमा १ करोड ८४ लाख रुपैयाँ राजश्व संकलन भएकोमा चालु आर्थिक वर्षको बैशाख १५ गतेसम्ममा २ करोड १४ लाख रुपैयाँ संकलन भइसकेको महानगरका राजश्व शाखा प्रमुख मनोज कुमार कर्णले जानकारी दिनुभयो ।

यसमा व्यवसाय करको हिस्सा औसतमा ५ प्रतिशत भन्दा बढी रहेको पनि उहाँले बताउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० बैशाख १९,मंगलवार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० बैशाख १९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद