Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको होल्डीङ सेन्टरको सांसद् यादव र मेयर सिंहले गरे अनुगमन, सदुपयोग गर्न सुझाव

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १८,सोमबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १८ बैशाख । प्रयोगबिहिन होल्डीङ सेन्टरलाई प्रयोगमा ल्याउनुपर्ने पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले बताएका छन् ।

वीरगञ्जको भन्सार क्षेत्रमा निर्मित होल्डीङ सेन्टरको स्थलगत अनुगमनका क्रममा सांसद् यादवले करोडौँको लागतमा निर्मित संरचनालाई उपयोगविहिन अवस्थामा राख्न नहुने बताए ।

कोभिड-१९ को महामारीका समयमा भारतबाट वीरगञ्ज हुँदै नेपाल भित्रिने यात्रुहरुलाई चेकजाँच तथा क्वारेन्टिनलगायतका कार्यका लागि निर्माण गरिएका संरचनालाई जनहितका काममा उपयोगमा ल्याउनुपर्ने पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका यादवले बताए ।

उनले भने, ‘राज्यले करोडौँ लगानी गरेको संरचनालाई यत्तिकै थन्किन दिनु हुँदैन, कुनै न कुनै किसिमका जनताको हितमा हुने कामका लागि उपयोग गर्न आवश्यक छ, त्यसका लागि म सम्बन्धीत निकायसँग समन्वय गर्नेछु ।’

नेपाली सेनाले निर्माण गरेको होल्डीङ सेन्टरको उपयोगका लागि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पनि सकारात्मक प्रतिक्रिया दिएका छन् । अनुगमन टोलीमा सहभागी रहेका प्रमुख सिंहकाअनुसार महानगरबासीको हितका लागि हुने कुनै कामका लागि प्रयोजनमा ल्याउन सकिने बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८० बैशाख १८,सोमबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८० बैशाख १८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद