Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मधेशका मुख्यमन्त्रीले भने- मेरो खल्तीबाट दिनदहाडै पैसा चोरी भयो

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १७,आईतवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ,१७ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो खल्तीबाट दिनदहाडै पैसा चोरी भएको बताउँदै प्रहरीमाथि प्रश्न गरेका छन्।

जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले दुई पटक आफ्नो खल्तीबाट पैसा चोरी भएको बताए। वैशाख १० गते भएको उपनिर्वाचन उपेन्द्र यादव निर्वाचन भएपछि आयोजित विजयी ¥यालीमा सहभागी हुँदा पैसा चोरी भएको उनको भनाइ थियो।

“बाराबाट उपेन्द्र यादवजी विजयी भएपछि ¥यालीमा सहभागी हुँदा मेरो खल्तीबाटै पैसा चारी भयो,” मुख्यमन्त्री यादवले भने, “मुख्यमन्त्रीको खल्तीबाट पैसा चोरी हुन्छ भने सर्वसाधारणको अवस्था कस्तो होला?”

त्यसअघि सभामुख हुँदा पनि आफ्नो खल्तीबाट पैसा चोरी भएको उनको भनाइ थियो। गढीमाई मेलामा जाँदा ५० हजार रुपैयाँ चोरी भएको मुख्यमन्त्री यादवले बताए। “सुरक्षा घेरमा बस्ने मान्छेको खल्तीबाट दुई–दुई पटक चोरी भयो,” यादवले भने, “शान्ति सुरक्षाको अवस्था कस्तो भन्ने यहीँबाट थाहा हुन्छ।”

संघीय सरकारले नेपाली प्रहरीलाई प्रदेश सरकारलाई हस्तान्तरण नगर्दा देशभरको शान्ति सुरक्षाको अवस्था ठीक हुन नसकेको उनको आरोप थियो। उनले तत्काल प्रहरी समायोजन गर्नुपर्नेमा जोड दिए ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८० बैशाख १७,आईतवार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८० बैशाख १७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद