Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

होटेल तथा पर्यटन ब्यवसाय’लाई उद्योग सरह मान्यता दिनुपर्ने माग राख्दै मन्त्री रिजाललाई ज्ञापन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १७,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १७ बैशाख । होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जले होटलहरुलाई पनि उद्योग सरह मान्यता दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल सकारात्मक हुनुभएको छ । ‘होटेल तथा पर्यटन ब्यवसाय’लाई उद्योग सरह मान्यता दिनुपर्ने माग राख्दै होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्ज, पर्साले मन्त्री रिजाललाई ज्ञापनपत्र बुझाएको छ ।

यसअघि पनि उठाउदै आएको विषय भएपनि अहिलेसम्म माग सम्बोधन हुन नसकेको भन्दै उद्योग सरह होटल व्यावसायलाई पनि मान्यता दिनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । काठमाडौं गएका उनीहरुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई भेटेर होटल व्यावसायलाई उद्योगको मान्यता पाए उद्योगहरुलाई प्राप्त हुने सहुलियत र सुबिधाहरु जस्तै होटलरुले पनि पाउने आधार बन्ने उनीहरुको तर्क सहित ज्ञापनपत्र बुझाएका हुन् ।

उद्यम र रोजगारीको भरपर्दो स्रोत तथा बैदेशिक मुद्रा आर्जनको स्थापित माध्यम होटल तथा पर्यटन क्षेत्र नै भएको र देशको आर्थिक विकासको राज्यद्वारा नै पहिचान गरिएको महत्वपुर्ण क्षेत्र रहेको उद्योग सरह मान्यता दिन माग गरेका हुन् । ‘होटेल तथा पर्यटन ब्यवसाय’लाई तंग्रिन र विकास गर्नमा यसले मद्दत मिल्ने पनि विश्वास लिएको होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्ज पर्साका अध्यक्ष हरि पन्तले बताउनुभयो ।

विभिन्न समयमा विभिन्न कारणले प्रताडित भएको होटेल तथा पर्यटन ब्यवसाय क्षेत्र कोरोना महामारी झन ठूलो संकटको सामना गर्नुपरेको र तत्कालीन सरकारले सहुलिय र राहतको मलहम लगाउने काम समेत नगरेको उनीहरुको गुनासो छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री रिजालले यसविषयमा नीतिगत निर्णयका लागि मन्त्रालयका सचिवलाई तत्काल प्रकृया अगाडि बढाउन निर्देशन दिने बताउनु भएको टोलीमा सहभागी बरिष्ठ उपाध्यक्ष रचिन्द्र थापाले बताउनुभयो । ज्ञापनपत्र बुझाउन जाने टोलीमा महासचिव मधाव बस्नेत, हिरा श्रेष्ठ लगायतको पनि सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०८० बैशाख १७,आईतवार
देश र जनताको हकहित जोगाउन कांग्रेस आवश्यक : छपकैया भेलामा अजय कुमार चौरसिया
मुख्य समाचार

देश र जनताको हकहित जोगाउन कांग्रेस आवश्यक : छपकैया भेलामा अजय कुमार चौरसिया

प्रकाशित : २०८० बैशाख १७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद