Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जनकपुरधाममा जानकी नवमी एवं जानकी जन्मोत्सव धूमधामका साथ मनाइँदै

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १६,शनिबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । आज जनकपुरधाममा जानकी नवमी एवं जानकी जन्मोत्सव धूमधामका साथ मनाइँदै छ । वैशाख शुक्ल नवमी अर्थात आजकै दिन आदर्श नारी सीताको मिथिलामा जन्म भएको धार्मिक मान्यताअनुसार प्रत्येक वर्ष जानकी नवमी भव्यतासाथ मनाउने गरिन्छ । जानकी नवमीको अवसरमा बिहानैदेखि जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिर लगायतका मन्दिरहरूमा पुजा अर्चना गर्ने श्रद्धालु भक्तजनहरूको भीड लागेको छ ।

यस वर्ष सीताको जन्मोत्सव मनाउन जानकी मन्दिरलाई नवदुलही झैँ सिँगारिएको छ । सीताको जन्मोत्सवमा सहभागी हुन एवं पूजापाठ गर्न नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरू जनकपुरधाममा आएका छन् । जन्मोत्सवको अवसरमा जानकी मन्दिरमा विविध कार्यक्रमहरूको आयोजना गरिएको मन्दिरका सहयोगी महन्त राम रोशन दास वैष्णवले जनाएका छन् । उनका अनुसार शनिवार मध्यान्ह जानकी मन्दिरमा प्राकट्य महोत्सवको आयोजना गरिएको छ ।

सो क्रममा विभिन्न धार्मिक, सांस्कृतिक कार्यक्रमहरू गरिने उनले बताए । भगवती सीता वैशाखको शुक्ल नवमीको मध्यान्हमा धरतीबाट प्राकट्य भएको धर्मग्रन्थहरूमा गरिएको वर्णन र जानकी मन्दिरको चलनलाई निरन्तरता दिँदै कार्यक्रमहरूको आयोजना गरिँदै आएको महन्त रामतपेश्वर दास वैष्णवले बताए । जानकी मन्दिरमा धार्मिक प्रवचनको आयोजना गरिएको छ ।

यस्तै नगरवासीलाई साँझ दीप प्रज्वलन गर्न जनकपुरधाम उपमहानगरपालिकाले आग्रह गरेको छ । मिथिलामा अनिकाल परेका बेला राजा जनकले हलो जोत्न लाग्दा पृथ्वीबाट जानकी प्रकट भएको रामायणमा वर्णन गरिएको छ । जनकपुरधामको महत्त्वबारे वेद, पुराणमा समेत वर्णन गरिएको पाइन्छ । तर रामायणको मुख्य पात्र र स्थलको रूपमा जनकपुरधाम, राजा जनक र जानकीको वर्णन गरिएको छ । केही वर्ष पूर्वसम्म परम्परागत रूपमा मनाइने जानकी नवमीलाई विशेष रूपमा मनाउन थालिएपछि जनकपुरधाममा धार्मिक पर्यटकहरूको संख्यामा समेत भारी वृद्धि भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० बैशाख १६,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० बैशाख १६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद