वीरगञ्ज । छड बोकेर वीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको ट्याक्टरमा ठोक्किएर एक युवकको घटनास्थलमै ज्यान गएको छ ।
बिहिवार राति ८ बजेतिर वीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको ना ५ त ८२५० नम्बरको ट्याक्टरमा पछाडीबाट जाँदै गरेको बा ८० प ४०२१ नम्बरको मोटरसाइकल कलैया उपमहानगरपालिका वडा नम्बर २३ स्थित शिवम पेट्रोल पम्प नजिकै ठोक्किदा एक युवकको ज्यान गएको हो ।
छड लोड रहेको ट्याक्टरमा ठोक्किदा मोटरसाइकल चालक बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २१ निवासी २५ वर्षीय राजन कुमार रामको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयको टोलीले घटनास्थलबाट मुचुल्का उठाएर शबलाई पोस्टमार्टमका लागि कलैया अस्पतालमा पठाइएको बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
प्रहरी उपरीक्षक बोगटीकाअनुसार ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएर दुर्टघटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।