Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको ठाकुरराम क्याम्पसमा तालाबन्दीको विरुद्धमा तालाबन्दी

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १४,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१४ वैशाख । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा तालाबन्दीको विरोधमा तालाबन्दी भएको छ । विद्यार्थीले गरेको तालाबन्दीको विरोधमा बुधबार त्रिभुवन विश्वविद्यालय (त्रिवि) कर्मचारी सङ्घ ठाकुरराम एकाई कमिटीले क्याम्पसका विभिन्न शाखामा तालाबन्दी गरेको हो ।

विद्यार्थको तालाबन्दीका कारण क्याम्पस आएपनि हाजिरी गर्न नमिलेको र हालसम्म चैत महिनाको तलब नपाएको भन्दै विरोधस्वरूप त्रिवि कर्मचारी सङ्घले अध्यक्ष किशोरीप्रसाद चौधरीको अगुवाईमा क्याम्पस प्रमुखको कार्यकक्ष, कर्मचारी प्रशासन, विद्यार्थी कल्याण तथा खेलकुद शाखा, स्तरोन्नति कार्यालय, पुस्तकालय भवन र पीजी विभागमा तालाबन्दी गरेको हो । विद्यार्थीले यसअघि वैशाख ४ गते विभिन्न माग राख्दै क्याम्पसको सामान्य र आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेका थिए ।

अधिकांश शाखामा तालाबन्दी भएपछि क्याम्पसमा अध्यनरत हजारौँ विद्यार्थी पठनपाठनबाट वञ्चित भएका छन् । क्याम्पस प्रशासनले एउटा सूचना जारी गर्दै तालाबन्दीका कारण वैशाख १४ र १५ गते अर्थात आज र भोली पठनपाठन बन्द रहने जनाएको छ । क्याम्पसको राजनितिका कारण ठाकुररामको पठनपाठन प्रभावित हुनु दूर्भाग्यपूर्ण भएको शिक्षक रोशन लामिछानेले बताए । समस्या समाधान गर्नुभन्दा पनि तालाबन्दी गरेर त्यसलाई जटिल बनाउनु दुःखद भएको बताउँदै उनले पठनपाठन छिटोभन्दा छिटो सुरु गर्न सुझाव दिए ।

किन भइरहेको छ तालाबन्दीको ?

ठाकुररामका क्याम्पस प्रमुख डा. उमेशकुमार चौरसियाले दिएको राजिनामा फिर्ता लिनुपर्ने मागसहित विद्यार्थीले गरेको तालाबन्दीका कारण वैशाख ४ गतेदेखि क्याम्पसको सामान्य र आर्थिक प्रशासन शाखा बन्द छ । पर्सा बाहिर सारिएको क्याम्पसको परिक्षा केन्द्र जिल्लामै फिर्ता ल्याउन नसकेपछि प्रमुख डा. चौरसियाले वैशाख ३ गते राजिनामा दिएका थिए । यद्यपी उनले दिएको राजिनामा फिर्ता लिनुपर्ने मागसहित त्यसकै भोलिपल्ट विद्यार्थीको एउटा समूहले सादा कागजमा विज्ञप्ति जारी गर्दै प्रशासन र आर्थिक शाखामा तालाबन्दी गर्‍यो । सामान्य र आर्थिक प्रशासन शाखाको तालाबन्दीका कारण क्याम्पसको कामकाज प्रभावित भएको छ । विद्यार्थीदेखि कर्मचारीसमेतले कुनैपनि प्रशासनिक काम र आर्थिक कारोबार गर्न पाएका छैनन् ।

प्रशासनिक काम ठप्प भएको र आर्थिक शाखामा लागेको तालाबन्दीका कारण समयमा तलब नपाएपछि क्याम्पस प्रशासनमाथि दवाव सृजना गर्न आफूहरुले पनि तालाबन्दी गरेको कर्मचारी सङ्घका उपाध्यक्ष रामाशिष बैठाले बताए । बैठाकाअनुसार पटकपटकको आग्रह पश्चात पनि क्याम्पस प्रशासनले कर्मचारीको माग सम्बोधन गर्न गम्भीरता नदेखाएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको हो । ‘हामीले लगभग एक सातादेखि क्याम्पसका निमित्त प्रमुखलाई तालाबन्दी खुलाउन आग्रह गर्दै आएका थियौं । तर उहाँले कुनै चाँसो देखाउनु भएन, हामीले होलीपछि आफ्नो तलब बुझ्न पाएका छैनौँ । तलब नपाउँदा कयौँ कर्मचारीलाई घर चलाउनसमेत अफ्ठ्यारो भइरहेको छ,’ बैठाले यात्राडेलीलाई भने, ‘कुनै विद्यार्थी सङ्घ सङ्गठनसँग सम्बन्ध नभएका आधा दर्जन विद्यार्थीले सादा कागजमा लेखेको विज्ञप्तिको भरमा क्याम्पसमा ताला झुन्डीएको छ । समास्याको निकास निकाल्नु भन्दा क्याम्पस प्रशासनले वास्ता गरेन । बाध्य भएर हिजोदेखि हामीले तालाबन्दी गर्‍यौँ ।’

तालाबन्दी गर्ने समूह क्याम्पसका विद्यार्थी भए नभएकोसमेत स्पष्ट हुन नसकेको जिकिर गर्दै उनले थपे, ‘यसरी कोही पनि आएर क्याम्पसमा तालाबन्दी गरेर जाँदासमेत क्याम्पस प्रशासन मुकदर्शन बनेको छ । तालाबन्दी गर्ने विद्यार्थीले फोन उठाएनन्, छलफल गर्न मानेनन् भनेर निमित्त क्याम्पस प्रमुखले हामीलाई एक सातासम्म ढाँटीरहेका छन् । अत्ति भएपछि दुईवटा शाखा मात्र किन बन्द हुने बरु पूरै क्याम्पस बन्द होस् भनेर हामीले सबै शाखामा तालाबन्दी गर्‍यौँ ।’

उनले तालाबन्दी गर्ने समूह क्याम्पस प्रमुख डा. उमेशकुमार चौरसिया निकट भएको आरोप पनि लगाए । ‘तालाबन्दी गर्ने समूह क्याम्पस प्रमुख निकट कै विद्यार्थी हुन् रे भन्ने सुनेको छु । उहाँकै उकसाहटमा आएर उनीहरुले तालाबन्दी गरेका छन्,’ बैठाले भने ।

यता निमित्त क्याम्पस प्रमुख अनिल रमणले विद्यार्थी र कर्मचारी दुवैको समस्या समाधान गर्न आफू लागिपरेको दावी गरे । उनले तालाबन्दी गर्ने विद्यार्थी सम्पर्कमा आउन नसकेको बताउँदै उनीहरुसँग समन्वय गरेर तालाबन्दी खुलाउने प्रयास भइरहेको बताए । कर्मचारीको माग जायज भएको बताउँदै उनले भने, ‘क्याम्पस प्रमुखजीले राजीनाम दिएपछि तालाबन्दी भयो । मैले धेरै प्रयास गर्दापनि तालाबन्दी गर्ने विद्यार्थीसँग समन्वय हुन सकिरहेको छैन । यसमाथि अब कर्मचारीहरुले पनि तालाबन्दी गरेका छन् । समस्या झन् पेचिलो बन्दै गएको छ ।’

रमणले आन्दोलनरत दुवै पक्षसँग छलफल गर्न आज बैठक आह्वान गरेको जानकारी दिए । उनकाअनुसार तालाबन्दी गर्ने विद्यार्थसँग दिउँसो २ बजे र कर्मचारीसँग ४ बजे छलफल गर्नेगरी बैठक बोलाइएको छ । ‘छलफल गर्न दुवै पक्षलाई छुट्टाछुट्टै समयमा बोलाएका छौँ । सकभर आजै तालाबन्दी खुलाउने हाम्रो प्रयास रहन्छ ।’

प्रमुख डा. उमेशकुमार चौरसिया राजनीमा बुझाएदेखि क्याम्पस गएका छैनन् । ईमेलमार्फत त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई बुझाएको उनको राजिनामा स्वीकृत भए नभएको समेत स्पष्ट हुन सकेको छैन । स्रोतकाअनुसार डा. चौरसियाले नै आफू निकट विद्यार्थीलाई उक्साएर तालाबन्दी गर्न लगाएका हुन् ।

तालाबन्दीका कारण क्याम्पसको शैक्षिक वातावरण प्रभावित भएको त्यहाँ अध्यनरत ऋषि साहले गुनासो गरे । ‘स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनको चर्चा सुरु भएदेखि क्याम्पसमा पढ्ने माहोल छैन । केहि दिन विद्यार्थी राजनीतिका कारण पढाई डिस्टर्ब भयो अब तालाबन्दीको कारण हुँदैछ । विद्यार्थीको भविष्यप्रति कसैको चासो छैन,’ उनले भने ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता
मुख्य समाचार

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता

प्रकाशित : २०८० बैशाख १४,बिहीबार
पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता
मुख्य समाचार

पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता

प्रकाशित : २०८० बैशाख १४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद