Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्ज कलेजमा दीपावली तथा छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ कार्तिक १९,बुधबार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व दीपावली तथा छठको अवसरमा वीरगन्ज कलेजले शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

वीरगन्ज महानगरपालिका–११ श्रीपुरस्थित कलेज परिसरमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदानसँगै विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए ।

कलेजका सञ्चालक समिति सदस्य तथा प्रशासन प्रमुख सुरेश प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सञ्चालक समिति अध्यक्ष डा। दीपेन्द्र कुमार चौधरी रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा। चौधरीले नेपाली समाजमा मनाइने विभिन्न चाडपर्वलाई आपसी सद्भाव, एकता र भाइचाराका रूपमा मनाउनुपर्नेमा जोड दिए । उनले यस्ता शुभकामना आदानप्रदान कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक सद्भाव र सांस्कृतिक एकताको भावना विकास गर्न प्रेरणा दिने बताए ।

विद्यार्थीहरूकै आग्रहमा कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै उनले नेपाली सांस्कृतिक चाडपर्वप्रति विद्यार्थीहरूले देखाएको आस्था र विश्वासले मौलिक संस्कृति तथा परम्पराको संरक्षण र संवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा क्याम्पस प्रमुख विनोद गुप्ता, सहायक क्याम्पस प्रमुख रुदल ठाकुर, मधेस मिडिया काउन्सिलका सदस्य निरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठनका मधेस प्रदेश अध्यक्ष मनोज पटेल तथा अनलाइन वीरगन्जका सञ्चालक प्रणय साहलगायतले दीपावली र छठ पर्वको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा वीरगन्ज कलेज, एपेक्स म्यानेजमेन्ट कलेज र वीरगन्ज बहुमुखी क्याम्पसका फ्याकल्टी मेम्बर, शिक्षक, शिक्षिका, विद्यार्थी तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमले चाडपर्वमार्फत सामाजिक सद्भाव, सांस्कृतिक एकता र आपसी भाइचाराको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अक्षराम्भ कपमा मनकामना, विद्या सदन र सनलाइटको शानदार जित, विद्या सदन क्वार्टरफाइनलमा
खेलकुद

अक्षराम्भ कपमा मनकामना, विद्या सदन र सनलाइटको शानदार जित, विद्या सदन क्वार्टरफाइनलमा

प्रकाशित : २०८३ कार्तिक १९,बुधबार
एक वर्षको वारेन्टी, २५ दिनमै फ्युज भए सडकबत्ती – परवानीपुरमा ७ लाखको खरिदमाथि प्रश्न ?
मुख्य समाचार

एक वर्षको वारेन्टी, २५ दिनमै फ्युज भए सडकबत्ती – परवानीपुरमा ७ लाखको खरिदमाथि प्रश्न ?

प्रकाशित : २०८३ कार्तिक १९,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद