Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाल वयोधा अस्पतालले उपचारको नाममा आर्थिक शोषण गरिरहेको पिडित चौरसियाको आरोप

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १४,बिहीबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, १४ वैशाख । वीरगंजमा रहेको नेपाल मेडिसिटी वयोधा अस्पतालले उपचारको नाममा आर्थिक शोषण गरिरहेको पिडित अजय चौरसियाले आरोप लगाएका छन । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आज बिहान पत्रकार सम्मेलन गरि चौरसियाले सो आरोप लगाएका हुन ।

चौरसियाले मंगलबार राती मोटरसाईकल दुर्घटनमा गम्भिर घाईते भएका धिरज गुरुङ र बिजयी बरैेको उपचारको नाममा अस्पतालले आर्थिक शोषण गरेको आरोप लगाए ।

उनले अस्पतालले उपचारमा लापरवाही समेत गरेको आरोप लगाए । चौरसियाले अस्पतालले दुई दिनमा करिव ५ लाखको बिल बनाएर पिडितलाई थप पिडित बनाएको आरोप लगाए ।

उपचारको नाममा ओपिडि चार्ज,सर्जन चार्ज लगायत बिभिन्न चेकजाँचको बहानामा करिव ५ लाखको बिल बनाएको जानकारी दिए । उनले सो वापत एक लाख पचास हजार भुक्तानी गरिसकेको पत्रकार समेलन मार्फत चौरसियाले जनकारी दिए। अपरेसन गर्ने भनेर पैसा लिएको भएपनि अपरेसन नै नगरी बिरामी ठगेको चौरसियाको दावी थियो ।

बाकी रकम बुझाएर मात्र शव लिन पाउने अस्पतालले अडान लिएको पिडित चौरसियाले दुखेसो पोखे। अस्पतालले चेकजाँचको नाममा शोषण र ब्यापार गरिरहेकोले यस्ता अस्पताललाई कारवही हुनुपर्ने चौरसिायाको माँग थियो ।

उनले भने अस्पताल प्रशासनलाई हारगुहार गर्दा समेत कुनै सुनुवाई नभएको र अस्पतालले हामीले कर्पोरेट हाउस खोलेको जवाफ दिएको गुनासो गरे ।

मंगलबार निजगढबाट सिमरा मोटरसाईकलमा आउने क्रममा धिरज गुरुङ र बिजयी बरै सिमरामा दुर्घटनामा परि गम्भिर घाईते भएको थिए । घाइते बरै र गुरुङको उपचारको क्रममा नारायणी बयोध्या अस्पतालमा दुबै जनाको मृत्यु भएको थियो।

गुरुङको होस् आएको भए पनि अस्पतालको लापरबाहीले उनको मृत्यु भएको र अहिले गुरुङको नाममा ७ लाखको बिल रहेको जानकारी दिए । पत्रकार सम्मेलनमा मृत्यका मामा हरिनारायण चौरसियाको समेत उपस्थित रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० बैशाख १४,बिहीबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० बैशाख १४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद