Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जका ४ वटा सामूदायिक विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यम सुरु, त्रिजुद्धले लियो प्रवेश परीक्षा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ११,सोमबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ४ वटा सामूदायिक विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यम लागू गरको छ ।

महानगरले नयाँ शैक्षिक सत्रबाट त्रिजुद्ध, नृसिंह, माइस्थान विद्यापिठ र सिदार्थ माविमा पूर्ण रुपमा अंग्रेजी माध्यममा पढाउन सुरु भएको हो ।

पूर्ण रुपमा अग्रेजी माध्यम पठनपाठन सुरु गर्न लागेको त्रिजुद्ध मा.वि.ले सोमबार कक्षा ५ देखि ९ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि प्रवेश परीक्षा लिएको छ ।

पूर्ण रुपमा अंग्रेजी माध्यममा पठनपाठन  सुरु हुन लागेको विद्यालयमा विद्यार्थीको चाप बढी हुँदा प्रवेश परीक्षा लिएको विद्यालयका प्रधानाध्यापक नवीन कुमार मिश्रले जानकारी दिनु भयो ।

कक्षा ५ दखि ९ सम्म अध्ययनका लागि करिब ३ हजार भन्दा बढी विद्यार्थीले प्रवेश परीक्षामा सहभागिता जनाएको पनि प्रअ मिश्रले बताउनु भयो ।

सोमबार प्रवेश परीक्षा लिएका विद्यार्थीको नतिजा बिहीबार प्रकाशित गरिने महानगरको शिक्षा महाशाखा प्रमुख अरबिन्दलाल कर्णले बताउनु भयो ।

पहिले अंग्रेजी माध्यममा शुल्क लिएर अध्यापन गराउँदै आएकोमा विद्यार्थी विद्यार्थी बिचमै विभेद भएपछि महानगरले विभेद हटाउन पूर्ण रुपमा निशुल्क अंग्रेजी माध्यममा मात्रै अध्यापन गराउन लागेको हो ।

पूर्ण रुपमा अंग्रेजी माध्यममा पढाउन लागिएका ४ विद्यालय सहित पहिले वीरगञ्जमा सुरजीदेवि मावि र त्रिभुवन हनुमान माविले पनि अंग्रेजी माध्यममा समेत कक्षा सञ्चालन गर्दै आएका थिए । यश पटकबाट भने ४ वटालाई पूर्ण रुपमा अंग्रेजी र अन्यलाई नेपाली माध्यम बनाइएको हो ।

शुल्क लिएर अंग्रेजी माध्यममा पढाउँदा कतिपय विद्यालयमा व्यवस्थापन समितिसँग विवाद देखिएको थियो भने केही विद्यालयको पारदर्शितामा प्रश्न उठिरहेको थियो । सामुदायिक विद्यालयका प्रधानाध्यापकले बोर्डिङ चलाएको भन्दै सरोकारवालाले विरोध गर्दै आइरहेका थिए ।

महानगरको नेतृत्व परिवर्तन भएसँगै सामुदायिक विद्यालयमा विभेदरहित शिक्षा प्रदान गर्न मेयर राजेशमान सिंहले पहल थाल्नु भएको थियो ।

पटक पटकको छलफल र विज्ञहरुसंगको रायपछि पहिलो चरणमा ४ वटा विद्यालयबाट पूर्ण रुपमा अंग्रेजी माध्यममा पठनपाठनको सुरुवात गरिएको मेयर सिंहले बताउनु भयो ।

नेपालीमा अध्ययन गर्न चाहनेका लागि पूर्ण रुपमा अंग्रेजी लागू भएका ४ वटा बाहेकका अन्य विद्यालयमा व्यवस्था मिलाइएको पनि उहाँले बताउनु भयो ।

महानगरमा ९१ वटा सामुदायिक विद्यालय छन् । विद्यालयमा आवश्यक स्रोत साधनको व्यवस्थापन महानगरले नै गर्ने गरि अंग्रेजी माध्यम सुरु गरिएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८० बैशाख ११,सोमबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० बैशाख ११,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद