Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

उपनिर्वाचन : बाराको ईनारवा बुथ कब्जाको प्रयास, पत्रकारलाई पनि प्रबेशमा राेक

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १०,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । बाराको क्षेत्र नम्बर २ मा भईरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचन अन्तर्गत बाराको महागढीमाई नगरपालिका–२ को ईनरवास्थित मतदान केन्द्रमा बुथ कब्जाको प्रयास भएको बुझिएको छ । केन्द्रमा पुगेका पत्रकारलाई समेत रोक लगाइएको छ ।

ईरनवास्थित मतदान केन्द्रमा शङ्कास्पद गतिविधि भइरहेको सूचना पाएर पुगेका पत्रकारहरुलाई मतदान अधिकृत दिवाकर झाले मतदान केन्द्र परिसरभित्र प्रवेशमा रोक लगाएका हुन् ।

त्यसलगत्तै मतदान केन्द्र बाहिर रहेका स्थानीयहरुले पत्रकारसँग समेत दुर्व्यवहार गर्न खोजेका थिए । त्यसपछि त्यहाँ रहेका प्रहरीले सञ्चारकर्मीहरु उद्धार गरेका थिए ।

दुईटा मत पत्र खसाउन खोजेका जसाका नेता पक्राउ

यसअघि मात्रै, बाराको देवताल गाउँपालिका–७ स्थित पिपरन जब्दी मतदान केन्द्रबाट जनता समाजवादी पार्टी नेपाल (जसपा) एक नेता पक्राउ परेका छन् । मतदान गर्ने क्रममा जसपाका नेता एवम् जिल्ला समन्वय समितिका सदस्य रामसागर यादवलाई मतपेटिका सुरक्षामा खटिएका प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार मत पेटिकामा यादवले स्वस्तिक छाप लगाएको २ वटा मत पत्र खसाउन खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका यादवलाई जिप्रका बारामा लगिएको छ ।

यादव पक्राउ परेपछि जसपाका स्थानीय नेता कार्यकर्ता विवाद गरेका छन् । विवाद बढेपछि यो मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको थप बल मगाइएको छ । अहिले उक्त केन्द्रमा शान्तिपूर्ण मतदान भने जारी छ ।

मध्यान्ह १ बजेसम्म २५ प्रतिशत मत खस्याे

बारा निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचनमा मध्यान्ह १ बजेसम्म २५ प्रतिशत मत खसेको छ । प्रमुख निर्वाचन अधिकृत मुकेश उपाध्यायकाअनुसार बारा–२ मा ८३ मतदानस्थलका १३७ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

यस निर्वाचन क्षेत्रमा १ लाख ५ हजार २४८ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ । जसमा ५८ हजार ९३४ पुरुष र ४६ हजार ३१४ महिला मतदाता छन् ।

बारा–२ मा जिल्लाको पचरौता नगरपालिका, महागढी नगरपालिका, सुवर्ण गाउँपालिका, देवताल गाउँपालिका, करैयामाई गाउँपालिका र कोल्हवी नगरपालिकाको वडा नम्बर–८ समावेश छ ।

यस क्षेत्रमा नेकपा एमालेबाट पुरूषोत्तम पौडेल, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, आम जनता पार्टीबाट अरूण ज्ञवालीलगायत ३६ जना चुनावी प्रतिस्पर्धामा छन् । साभार : कालिका टाइम

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नगरप्रमुखको सक्रिय पहलले ल्यायो आशा – वीरगञ्जमा विद्युत् समस्या समाधानको बाटो खुल्दै
मुख्य समाचार

नगरप्रमुखको सक्रिय पहलले ल्यायो आशा – वीरगञ्जमा विद्युत् समस्या समाधानको बाटो खुल्दै

प्रकाशित : २०८० बैशाख १०,आईतवार
हेटौँडाका वरिष्ठ व्यवसायी विन्दल दासमाथि आक्रमण, समुदाय स्तब्ध
मुख्य समाचार

हेटौँडाका वरिष्ठ व्यवसायी विन्दल दासमाथि आक्रमण, समुदाय स्तब्ध

प्रकाशित : २०८० बैशाख १०,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद