Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारा प्रहरीद्वारा हत्यामा संलग्न रहेको आरोपमा एक दम्पती पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ८,शुक्रबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बारा । प्रेमीको हत्या गर्ने प्रेमिका र उनका श्रीमान्लाई हत्या भएको साढे चार महिनापछि प्रहरीले पक्राउ गरेको छ । हत्यापछि फरार भइ भारतको केरलामा लुकिछिपी बस्दै आएका दुवै जनालाइ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वाकी २० वर्षिया रोशनी भन्ने हिरा देवी र उनका श्रीमान् २४ वर्षिय रामु भन्ने कैलाश महत्तो रहेका छन् ।

ती दुवैले मिलेर बाराकै जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ राजापुरका महेश साहको गत मंसिर २७ गते हत्या गरेका थिए । बाराकै विश्रामपुर गाँउपालिका वडा नम्बर ५ इटियाहीमा मंसिर २७ गते रातिको समयमा मुकेशलाई बोलाएर दुवैले केबलको तारले मुकेशको घाँटी कसेर हत्या गरि शव त्यहीको परालको भुसमा लुकाएर फरार भएका थिए ।

प्रहरीका अनुसार , रोशनी र उनका प्रेमी मुकेश कोठा भाडामा लिएर केहि महिनादेखि संगै बस्दै आएका थिए । यो कुरा रोशनीका श्रीमान् कैलाशले थाहापाएपछि रोशनीले आफुसंग विहे गर्न प्रेमी मुकेशलाई दबाब दिएकी थिइन् । तर मुकेश र उनको परिवारले नमानेपछि रोशनी र उनका श्रीमान् कैलाशले मुकेशको हत्या गर्ने योजना बनाएर इटियाहीमा बोलाएर हत्या गरि दुवै जना फरार भएको अनुसन्धानका क्रममा खुलेको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए ।

हत्यापछि फरार रहेका रोशनी र उनका श्रीमान् मुकेशको खोजतलाश गर्नेक्रममा उनिहरु भारतको दिल्ली हुदै केरलामा गएर लुकिछिपी बसेको सुचना बारा प्रहरीले प्राप्त गरेको थियो । त्यसपछि केरलाको भारतीय प्रहरीको सहयोगमा दुवैजनालाइ बैशाख ६ गते पक्राउ गरि नेपाल ल्याइएको प्रहरी उपरीक्षक बोगटीले बताए ।

दुवैलाई जिल्ला प्रहरीको कार्यालय बाराको हिरासतमा राखेर बारा जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए ।

 

Share this:

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०८० बैशाख ८,शुक्रबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०८० बैशाख ८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद