Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बाराका सीमानाका तीन दिन बन्द हुदै

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ८,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,८बैशाख । बैशाख १० गते बारा क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनलाई मध्यनजर गरि भारतसंग जोडिएका बारा जिल्लाका सीमानाका तीन दिन बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गरी आज (शुक्रबार) राति १२ बजेदेखि बैशाख १० गते आइतबार राति १२ बजेसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द रहने जनाएको छ । उपनिर्वाचनलाई मध्यनजर गरी सीमानाका बन्द गर्न लागिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

यस्तै, मतदानकार्य सम्पन्न नभएसम्म जिल्लाभरि मादक पदार्थ ओसारपसार, बिक्री–वितरण र सेवनमा पनि रोक लगाइएको सापकोटाले बताए । बारा क्षेत्र नम्बर २ भित्र पर्ने हुलाकी राजमार्गलगायत सम्पूर्ण राजमार्गमा वैशाख ९ गते राति १२ बजेदेखि वैशाख १० गते साँझ ७ बजेसम्मका लागि अत्यावश्यकबाहेक सम्पूर्ण आवागमन पनि बन्द गरिने प्रजिअ सापकोटाले जानकारी दिए ।

बारा २ मा हुन गइरहेको उपनिर्वाचनलाई नै मध्यनजर गरि छिमेकी पर्सा जिल्लासंग जोडिएका भारतीय सीमा नाकामा पनि तीनदिन कडा निगरानी गरिने भएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पर्सासंग जोडिएका भारतीय सीमानाकामा आज रातिदेखि बैशाख १० गते आइतबार राति सम्म तीनदिन सुरक्षाकर्मीले कडा निगरानी राख्ने बताए । सीमा नाकामा नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीले कडा निगरानी राख्दै चेकजाँचमा कडाई पनि गर्ने उनले बताए । तर पर्साका सीमानाका बाराको जस्तो बन्द भने नहुने उनले स्पष्ट पारे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०८० बैशाख ८,शुक्रबार
उपनिर्वाचनको मनोनयन आज
मुख्य समाचार

निर्वाचन खर्च पारदर्शी बनाउने आयोगको कडाइ: छुट्टै खाताबाट मात्र आर्थिक कारोबार

प्रकाशित : २०८० बैशाख ८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद