Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

भन्सार राजश्वको निश्चित प्रतिशत वीरगञ्जले पाउनुपर्छ : मेयर सिंह

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ८,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ८ बैशाख। वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगञ्ज भन्सारबाट उठ्ने भन्सार राजश्वको निश्चित प्रतिशतको रकम वीरगञ्ज महानगरपालिकालाई उपलब्ध गराउन सरकारसंग माग गर्नुभएको छ ।
शुक्रबार अर्थमन्त्रालयमा आयोजित अन्तर सरकारी वित्तीय हस्तान्तरणका लागि परामर्श तथा समन्वय कार्यक्रममा बोल्दै मेयर सिंहले अर्थमन्त्री प्रकाश शरण महतसंग वीरगञ्ज नाकाबाट उठ्ने भन्सार राजश्वको निश्चित प्रतिशत रकम वीरगञ्ज महानगरलाई उपलब्ध गराउन आग्रह गर्नुभएको हो ।

अर्थमन्त्री महतलाई वीरगञ्ज महानगरका बारे जानकारी गराउदैै मेयर सिंहले देशको कूल राजश्व संकलनमा वीरगञ्जको योगदान आधाभन्दा बढी भए पनि केन्द्र सरकारबाट वीरगञ्ज सँधै उपेक्षामा पर्दै आएको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कूल आयात निर्यातको ७० प्रतिशत कारोबार वीरगञ्ज नाकाबाटै हुन्छ, कूल अर्थतन्त्रमा वीरगञ्जको योगदान आधा भन्दा बढी छ तर वीरगञ्ज र वीरगञ्जवासीले सवारीसाधानको धुवाँधुलो र प्रदुषण मात्रै पाइरहेका छन्, मालवाहक सवारीको चापले सडकहरु भत्किने गरेका छन्, तर राज्यबाट पाउने लाभ शुन्य जस्तैछ ।’
वीरगञ्ज भन्सार कार्यालयले मात्रै वार्षिक साढे दुई खर्ब भन्दा बढी राजश्व उठाएर सरकारलाई दिदै आएको भन्दै मेयर सिंहले भन्नुभयो, ‘साढे दुइ खर्ब उठाएर दिने वीरगञ्ज महानगरले केन्द्र सरकारबाट वर्षमा कति बजेट पाउँछ ? भन्न पनि मलाई अप्ठ्यारो लागिरहेको छ ।
वीरगञ्ज नाकाबाट संकलन हुने राजश्व अन्य पालिका सरह बाँडफाँड हुने अवस्थाले वीरगञ्जलाई घाटा मात्रै भएको उहाँले बताउनुभयो ।
त्यसैले प्रभावित क्षेत्रको आधारमा वीरगञ्ज भन्सार लगाएतका कार्यालयबाट संकलीत राजश्वको निश्चित प्रतिशत रकम वीरगञ्ज महानगरले पाउनुपर्ने अर्थमन्त्री महत समक्ष मेयर सिंहले बताउनुभयो ।
वीरगञ्जलाई देशकै आर्थिक राजधानी भनिदै आएको भए पनि त्यस अनुसारको पूर्वाधार र सेवा सुविधा राज्यबाट नपाएकाले वास्तविक रुपमै आर्थिक राजधानी बन्ने गरी वीरगञ्जको पुर्वाधार विकासमा जोड दिन पनि उहाँले अनुरोध गर्नुभयो ।
यसका साथै मेयर सिंहले संस्थागत घरवहाल कर आन्तरीक राजश्व कार्यालयले उठाउने काम बन्द गर्नुपर्ने, मालपोत रजिष्ट्रेशन शुल्क मासिक रुपमा दाखिला गर्ने व्यवस्था मिलाउनुपर्ने, आन्तरिक आय ठेक्का व्यवस्थापनका लागि नमुना कानुन निर्माण गर्नुपर्ने माग पनि राख्नुभयो ।
वीरगञ्ज महानगरमा शिक्षक अभाव हुँदा पठन पाठनमा समस्या भइरहेको भन्दै शिक्षा मन्त्रालयले नै दिएको प्रतिवेदन अनुरुपको शिक्षक नियुक्तिको व्यवस्था मिलाउन पनि उहाँले आग्रह गर्नुभयो ।
शिक्षा मन्त्रालयले वीरगंजको लागि ३ सय शिक्षक थप आवश्यक रहेको प्रतिवेदन यस अघि नै दिइसकेको छ । ३ सय शिक्षक नियुक्तीको लागि बजेट व्यवस्थापन गर्न माग गर्दै उहाँले शिक्षक अभावका कारण शैक्षिक गुणस्तर वृद्धिमा असर पुगिरहेको बताउनुभयो ।
यस्तै मेयर सिंहले वीरगञ्जको आर्थिक अवस्था चलाएमान बनाउन देशकै मुख्य नाकाको रुपमा रहेको सीमा नाकालाई २४ सै घण्टा खुला राख्ने व्यवस्था मिलाउन पनि माग गर्नुयो ।
अर्थमन्त्री डा.प्रकाश शरण महतको अध्यक्षतामा अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा विभिन्न मन्त्रालयका सचिव, प्रदेशका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०८० बैशाख ८,शुक्रबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०८० बैशाख ८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद