Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरीद्वारा हुण्डी कारोबारकाे आराेपमा ३ जना पक्राउ 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ७,बिहीबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा प्रहरीले हुण्डी काराेबारकाे आराेपमा ३ जनालाई पक्राउ गरेकाे छ । तीनै जनाकाे साथबाट स्राेत नखुलेकाे रु १९ लाख ५० हजार बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरिक्षक आशुतोष बहादुर शाहीको कमाण्डमा खटिएको विशेष टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं. ११ स्थित सडकखण्डबाट बाराकाे जितपुर सिमरा उपहमानगरपालिका वडा नं.७ बस्ने वर्ष ३२ को छठु महत्तोलाई नियन्त्रणमा लिएकाे हाे ।

विषेश सूचनाको आधारमा खटिएकाे प्रहरी टाेलीले बुधबार विहान ११:०० बजेकाे समयमा प्रदेश ३-०३-००१ प १२३३ नम्बरको मोटरसाइकललाई रोकी मोटरसाइकलमा सवार महताेकाे खानतलासी गर्दा निजले लगाएको हेल्मेट तथा माेटरसाइकलको वायाँ तर्फको भागमा फल्स बनाई लुकाइ छिपाई राखिएको श्रोत नखुलेको नेपाली रु. १४ लाख फेला परेको प्रहरीले जनाएकाे छ ।

महतोलाई विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा बुधबार नै पर्सा जिल्ला अदालतबाट ५ दिनकाे म्याद थप अनुमति प्रदान गरी थप अनुसन्धान तथा कारवाही भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

यसैगरी वीरगंज महानगरपालिका कै वडा नं.८ स्थित सडकखण्डबाट दुई जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरिक्षक आशुतोष बहादुर शाहीको कमाण्डमा खटिएको टोलीले बारा कै परवानीपुर गा.पा.वडा नं.३ लिपनीमाल बस्ने वर्ष ३४ को कृष्ण प्रसाद सोनार र वर्ष ३९ को सुनिल साह कानुलाई नियन्त्रणमा लिएकाे हाे ।

विषेश सूचनाको आधारमा खटिएकाे प्रहरी टाेलीले मंगलबार दिउसाे दुबै जना संकाष्पदरूपमा हिंडिरहेका अवस्थामा रोकी निजहरूको शरीर खानतलासी गर्दा सोनारले भिरेको कालो झोलाबाट श्रोत नखुलेको नेपाली रु एक लाख ६० हजार र कानुले लगाएको पाइन्टको खल्तीबाट श्रोत नखुलेको नेपाली रू. तिन लाख ९० हजा गरी जम्मा नेपाली रु. ५ लाख ५० हजार फेला परेको प्रहरी प्रवक्ता गिरीले वताए ।

दुबै जनालाई पनि नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरुद्धकाे कसूरमा पर्सा जिल्ला अदालतबाट ३ दिनकाे म्याद थप अनुमति प्रदान गरी थप अनुसन्धान तथा कारवाही भइरहेकाे प्रवक्ता गिरीले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० बैशाख ७,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० बैशाख ७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद