Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

तीनदिने “रात्री बजार” सफल भएकाले यसलाई निरन्तरता दिने मेयर सिंहको घोषणा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ३,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०३ बैशाख । सुस्त भएको वीरगन्जको व्यपार व्यवसाय चलायमान बनाउने उदेश्यले पहिलो पटक आयोजना गरिएको “रात्री बजार” सफल भएको भन्दै वीरगन्ज महानगरपालिकाले यसलाई निरन्तरता दिने भएको छ ।

नयाँ वर्षको उपलक्ष्यमा वीरगन्ज महानगरपालिकाले चैत ३० देखि बैशाख २ गते सम्म तीनदिन पहिलो पटक “रात्री बजार” लगाएको थियो ।वीरगन्जमा पहिलोपटक लगाइएको “रात्री बजार” मा उत्साहजनक जनसहभागीता र व्यपार भएका कारण आफुहरुको उदेश्य सफल भएको भन्दै मेयर राजेशमान सिंहले “रात्री बजार” लाई निरन्तरता दिने बताएका हुन् ।

उनका अनुसार , वीरगन्जमा अब हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार गरि दुई दिन “रात्री बजार” लाग्नेछ । यहि बैशाखको ३० र ३१ गते पनि दुई दिन “रात्री बजार” लगाउने उनले बताए ।

मेयर सिंहले भने,‘ हामीले पहिलोपटक परिक्षणका रुपमा तीनदिने “रात्री बजार” लगाएका थियौं , यो तीन दिनको “रात्री बजार” मा भएको जनसहभागीता र व्यपारको कारोबारबाट हामी हौसिंएका छौंं , त्यसैका कारण यसलाई निरन्तरता दिन लागेका हौं ।

“रात्री बजार” व्यवस्थापन समितिका संयोजक जयप्रकाश खेतानलले तीनदिने “रात्री बजार” मा करिब ३ लाख मानिसले सहभागीता जनाएको बताए । उनले भने,‘ जितपुर , सिमरा र हेटौंडाबाट समेत मान्छेहरु यहा आएका थिए, भारतका सीमावर्ती शहरहरुबाट पनि पाहुनाहरु आएका थिएइ ।

“रात्री बजार” बिहारको रक्सौल , मेतिया , मोतीहारी र मुजफरपुरबाट गरि ५० हजार भारतीयहरुहरु आएको उनले बताए । तीनदिनको “रात्री बजार” मा भारतीयहरुलाई लक्षित गरि भारतबाट नेपाल प्रवेश गर्ने वीरगन्ज स्थित मुख्य नाका तीन दिनका लागि २४ सै घण्टा खुल्ल गरिएको थियो ।

तीन दिनको “रात्री बजार” मा ठूला होटल र रेष्टुरेन्ट बाहेक बजारमा लगाइएका स्टलहरुमा झण्डै तीन करोड रुपैयाको कारोबार भएको पनि उनले बताए ।

उनले भने,‘ टेबुल र ठेलामा चाट , छोला भटुरा र पानीपुरी बेच्ने साना व्यपारीले मात्रै दिनको ३०÷३५ हजारको व्यपार गरेका छन् , ठूला होटल र रेष्टेरेण्टको समेत जोड्ने हो भने ४ करोड जतिको कारोबार भएको होला ।

मेयर सिंहले पहिलोपटक तीन दिनका लागि आयोजना गरिएको “रात्री बजार” मा देखिएको उत्साजनक जनसहभागीताले कम्तिमा हप्ता वा महिनामा एकपटक अबेररात सम्म बजारमा घुमफिर र रमाइलो गर्दै किनमेल गर्न वीरगन्जवासीले चाहिरहेको पुष्टि भएको बताए ।

यसका साथै यहाका व्यपारीलाई रातिको समयमा पनि सुरक्षित वातावरणमा व्यपार व्यवसाय गर्न सकिन्छ भन्ने वातावरण पनि तीनदिनको “रात्री बजार” ले निर्माण गरिदिएको उनले बताए ।

मेयर सिंहले भने,‘ कामकाजी शहरवासी हप्ता वा महिनामा एकपटक भएपनि रातिमा बजारमा निस्किएर खुल्ला जीवन जिउन चाहेको कुरा यो तीनदिने “रात्री बजार” ले देखियो , त्यसका कारण अब यो “रात्री बजार” लाई निरन्तरता दिन्छौ ।

नयाँ वर्षको स्वागतमा वीरगन्ज महानगरपालिकाले वीरगन्जमा पहिलो पटक सन्चालन गर्न लागेको “रात्री बजार” का लागि चैत ३० देखि बैशाख २ गते सम्म वीरगन्ज नाका २४सै घण्टा खुल्ला रहने भएको हो ।

तीनदिनको “रात्री बजार” मा आदर्शनगर चोकदेखि कैलाश होटल चोक हुदै पुरानो बसपार्क र चिल्ड्रेन पार्क सम्मको सडकमा खानाका परिकार , लत्ताकपडा , जुत्ताचपल, मसाज , पेयपदार्थ , विभिन्न समुदायका सांस्कृतिक झाँकी लगायतका गरि १ सय भन्दा बढि स्टलहरु राखिएको थियो । “रात्री बजार” मा राखिएका स्टल र बजार लगाइएको आदर्शनगर क्षत्रेका पसलहरु राति २ बजे सम्म खुल्ला गरिएको थियो । यसका साथै पुरानो बसपार्कमा अबेरराति सम्म सांगीतीक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०८० बैशाख ३,आईतवार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०८० बैशाख ३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद