Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

उद्योगमन्त्री रिजाललाई बाराको सिमरा विमानस्थलमा भव्य स्वागत

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ३,आईतवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई बाराको सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको छ । मन्त्री भएपछि पहिलो पटक आफ्नो गृह जिल्ला पर्सा आउने क्रममा आइतबार सिमरा विमानस्थलमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले मन्त्री रिजाललाई भव्य स्वागत गरेका हुन् ।

काठमाण्डौबाट हवाइमार्ग हुदै सिमरा विमानस्थलमा आइपुगेका मन्त्री रिजाललाई विमानबाट उत्रिएलगत्तै कांग्रेस नेता कार्यकर्ताहरुले फुलमाला र खादा लगाएर स्वागत गरेका हुन् ।

मन्त्री रिजाललाई स्वागत गर्न सिमरा विमानस्थलमा कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री , उपसभापति रामनारायण कुर्मी , प्रदेशसभा सदस्य श्याम पटेल , कांग्रेस नेता अनिल रुंगटा , राकेश सिंह , वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम , कांग्रेसका जिल्ला सहसचिव नवीन सिंह , क्षेत्रीय सभापति महम्मद शाहबुद्धिन , श्रीकान्त यादव , नेपाल तरुण दल पर्साका अध्यक्ष विकास तिवारी , बलिष्टर अहमद , धर्मराज यादव लगायतका नेता कार्यकर्ताहरु पुगेका थिए ।

मन्त्री रिजाल , सिमरा विमानस्थलबाट सिधै आफनो जन्मोथलो पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ मसिहानी स्थित निवासका लागि प्रस्थान गरेको उनका स्वकीय सचिव राकेश यादवले जानकारी दिए । यादवका अनुसार , मसिहानी स्थित निवासमा आइतबार नै कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको छ । यस्तै मंगलबार वीरगन्जमा नेपाली कांग्रेस पर्साले मन्त्री रिजालको स्वागत तथा सम्मानमा भव्य कार्यक्रम आयोजना गरेको जिल्ला सहसचिव सिंहले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थीद्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखकबाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता
मुख्य समाचार

नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थीद्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखकबाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता

प्रकाशित : २०८० बैशाख ३,आईतवार
एपेक्स म्यानेजमेन्ट कलेजको बीबीएमा उद्योग–मैत्री सिकाइलाई प्राथमिकता
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजको बीबीएमा उद्योग–मैत्री सिकाइलाई प्राथमिकता

प्रकाशित : २०८० बैशाख ३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद