Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सखुवा प्रसाैनीमा दुई सातादेखि बाघकाे आतंक

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ३,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज ,०३बैशाख । पर्साकाे सखुवाप्रसौनी गाउपालिका वडा नम्बर ५ काे उत्तरी भेगमा दुई सातादेखि बाघ आतंक छ । कोइलाभार बिन्दवासिनी साझेदारी वनसँग जोडिएको सिधपुर, सखुवनिया, सियरहीलगायतका गाउमा बाघले आतंक मच्चाएको छ ।

स्थानीय लीला विकले बाघले आफ्नो घर पालुवा कुकुरलाई समेत सिकार बनाएको बताइन् ।

‘दैनिकजसो बाघले भुस्याहा र स्थानीयले पालेको कुकुर लगिरहेको छ,’ उनले भनिन्, ‘स्थानीय आतंकति छन्, अहिलेसम्म मानवीय क्षति त भएको छैन, तर जुनसुकै बेला बाघले आक्रमण गर्न सक्ने भयले स्थानीय आतंकित छन् ।’

वडाध्यक्ष वासुदेव महतो थारूले बाघको डरले स्थानीय किसान मकै खेतमा पस्नसमेत छाडेको बताए । कोइलाभार बिन्दवासिनी साझेदारी वन पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ ।

साझेदारी वनमा विगतमा बाघ नरहेकोमा हाल यस भेगमा देखा परेको बाघ निकुञ्जबाट आएको हुन सक्ने थारू बताउँछन् । निकुञ्जमा हाल ४० बढी बाघ छन् । वडाध्यक्ष थारूले बाघको आतंकबारे डिभिजन वन कार्यालय पर्सालाई जानकारी गराए पनि नियन्त्रणको प्रयास नभएको गुनासो गरे ।

‘म आफैंले डिभिजन वन कार्यालयलका अधिकारीलाई बाघ आतंकबारे जानकारी गराएँ,’ उनले भने, ‘निकुञ्जको मध्यवर्ती क्षेत्र भएको निकुञ्ज प्रशासनले चासो लिन्थ्यो होला, तर डिभिजन वनका अधिकारी गम्भीर भएका छैनन् ।’ डिभिजन वनका अधिकृत फरमान मियाँले त्यस भेगमा बाघ आतंकबारे जानकारी नआएको बताए ।साभार:कान्तिपुर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०८० बैशाख ३,आईतवार
पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण
मुख्य समाचार

पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण

प्रकाशित : २०८० बैशाख ३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद