Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंजका युवक मृत अवस्थामा भेटिए मुम्बईमा, हत्याको आशंका

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ३,आईतवार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । वीरगंजका एक जना युवकको भारतमा रहस्यमय मृत्यु भएको छ। वीरगंज–१ छपकैया सिसौबारीका गणेश राउत कूर्मीका जेठो छोरा सोनालाल राउत कूर्मीको एक साता अगाडि मृत्यु भएको हो।

३२ वर्षीय सोनालाल गत चैत २३ गते दिउँसो १ बजेबाट सम्पर्कविहीन भएका थिए। उनको शव चैत २६ गते बिहान महाराष्ट्रको मुम्बइस्थित कुर्ला स्टेसनबाट रक्सौल–मुम्बई जाने रेल(लोकमान-तिलक एक्सप्रेस)मा फेला परेको थियो। उनलाई टाउकोमा प्रहार गरी तथा घाँटी थिचेर हत्या गरिएको कुर्ला प्रहरीको प्रारम्भिक अनुमान छ। मृतक सोनालालको अन्तिम पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ। शव बरामद भएपछि सोनालालका बुबा गणेश राउतसहित छ जना परिवारजन गत सोमवार मुम्बइ गएर शव सनाखत गरी दाहसंस्कार गरी फर्केको छ।

परिवारजनले स्थानीय प्रहरीमा छोरा बेपत्ता भएको प्रारम्भिक जानकारी गराइसकेको तर जाहेरी दिन बाँकी रहेको बुझिएको छ। सोनालालका भाइ सुनीलका अनुसार वीरगंज–१ छपकैयाकै ३२ वर्षीय सरफुल्लाह मियाँ पवरिया र ३० वर्षीय रेयाजुल मियाँ अन्सारीको संलग्नता रहेको दावी गरेका छन्। दुवैजना अहिले फरार छन्। उनीहरु भारतमै लुकेर बसेको पीडित परिवारजनको अशंका छ। मुम्बइ जानुअघि चैत २२ गते बुधवारका दिन दिउँसो तीनैजना खानपिन गरी उनीहरुले सोनालालको १५ हजार रुपैयाँ पनि खोसेको उनकी आमा सरस्वती देवीको आरोप छ।

मृतक सोनालालको पत्नी निभा देवी र १३ महिने छोरा आदित्य पटेल छन्। जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक कोमल शाहले घटनाबारे आफूलाई जानकारी भइसकेको उल्लेख गर्दै सूक्ष्म अनुसन्धानको लागि आवश्यक प्रक्रिया अगाडि बढाउने बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०८० बैशाख ३,आईतवार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०८० बैशाख ३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद