Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको ठोरीमा नयाँ वर्ष मनाउनेको घुइँचो

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज – नयाँ वर्ष २०८० सालको पहिलो दिन वैशाख १ गते शुक्रबार पर्सा र बारामा रहेका विभिन्न पर्यटकीय स्थलहरुमा पर्यटकहरुको घुइँचो लाग्यो। पर्सा र बाराका पर्यटकीय स्थलहरुमा नेपाली नयाँ वर्ष मनाउनको लागि पर्यटकहरु पुगेका थिए।

पर्साको ठोरी, पर्सागढी नगरपालिकालगायतका स्थान तथा बाराको निजगढ, सिम्रौनगढलगायतका पर्यटकीय स्थलहरुमा पर्यटकहरुको घुइँचो नै लागेको थियो।

विशेषगरि आन्तरिक पर्यटकहरुसहित छिमेकी देश भारतबाट समेत यी स्थानमा पर्यटकहरु नयाँ वर्षको अवसरमा पुगेका थिए। आन्तरिकसहित छिमेकी देश भारतको बिहार, नरकटियागंजलगायतका स्थानबाट पनि नयाँ वर्षको अवसरमा ठोरी गाउँपालिकाको विभिन्न पर्यटकीय स्थलहरुमा पर्यटकहरु पिकनिक खान र रमाइलो गर्न आएको ठोरी गाउँपालिका–३ का स्थानीय राम बस्नेतले बताए।

उनले ठोरीको राइधारा, सीतागुफालगायतका विभिन्न स्थानमा आन्तरिक र बाहिरी पर्यटकको भीड लागेको जानकारी दिए। नयाँ वर्ष सुरु हुने दिन नै रमाइलो गरी मनाए वर्षैभरि राम्रो हुने सोचका साथ पनि नयाँ वर्षको दिन विभिन्न पेशामा आबद्ध व्यक्तिहरु पर्यटकीय स्थल पुगेर पिकनिक गर्ने रमाइलो गर्ने गरेका छन्।

पर्सासँगै बाराको निजगढ नगरपालिकामा रहेको मोहरीमा पनि पर्यटकको घुइँचो लागेको थियो। फास्ट ट्र्याकको सुरुवात हुने मोहरीमा पहाड, खोला तथा ठूलाठूला ढुंगाहरु रहेकाले त्यहाँ वीरगञ्जसहित भारतका पनि पर्यटक पुगेका थिए।

नयाँ पर्यटकीयस्थलको रुपमा विकसित भइरहेको मोहरीमा पछिल्लो समय विभिन्न अवसरमा आन्तरिक र बाहिरी पर्यटक आउने क्रम बढ्दै गएको गणेशमान पार्क मोहरी व्यवस्थापन समितिका अध्यक्ष सागर गौतमले बताए।

२०८० साल सुरु भएसँगै पर्सा र बारामा रहेका पर्यटकीय स्थलहरुमा आन्तरिक र बाह्य पर्यटकहरुको घुइँचो लागेको भए पनि त्यसको लाभ भने वीरगञ्जका होटेल र पर्यटन व्यवसायीले भने उठाउन सकेका छैनन्। नयाँ वर्षको पहिलो दिन पनि वीरगञ्जका होटेल भने सुनसान थिए।

वीरगञ्ज आसपास र वीरगञ्जमा समेत पर्यटकीय स्थलहरुको कमी भएका कारण पर्यटकहरु वीरगञ्जका होटेलहरुमा रोकिनुपर्नेमा चितवनलगायतका स्थानहरुमा पुगेको होटेल व्यवसायी महासंघका केन्द्रीय सचिव एवं होटेल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले बताए।

नयाँ वर्षलगायतका अवसरहरुमा पर्सा र बारामा रहेका केही पर्यटकीय स्थलहरुमा आन्तरिक र बाहिरी पर्यटकहरु पुग्ने क्रम पछिल्लो समय बढ्दै गएको भए पनि वीरगन्जमा उनीहरु भने नरोकिने गरेको पन्तको भनाइ छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ
मुख्य समाचार

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ

प्रकाशित : २०८० बैशाख १,शुक्रबार
नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित
मुख्य समाचार

नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित

प्रकाशित : २०८० बैशाख १,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद