Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा तीन दिने रात्री बजार सुरु , पूर्वमन्त्री यादवले गरे मेयर सिंहकाे प्रशंसा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १,शुक्रबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०१बैशाख । नयाँ बर्षको अवसरमा वीरगन्जमा बिहीबारदेखि रात्री बजार लागेको छ ।

वीरगन्ज महानगरपालिकाको आयोजना लागेको रात्री बजारको बिहिबार बेलुकी एक कार्यक्रमको बिच पूर्वमन्त्री एवम् पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले संयुक्त रुपमा उदघाटन गरे ।

तीनदिने रात्री बजारको उदघाटन गर्दै सांसद् यादवले नेपालको इतिहासमा पहिलो पटक वीरगन्जमा रात्री बजारको आयोजना गरेकोमा महानगरलाई धन्यावाद दिए । उनले नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित रात्री बजारबाट कोभिड -१९ महामारीले थलिएको वीरगन्ज महानगरका व्यापार, व्यवसाय र उद्यमलाई फेरि नयाँ उँचाइसम्म पुर्‍याउँदै अर्थतन्त्रलाई पुन: चलायमान बनाउन ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

यादवले सही व्यक्तिलाई नेतृत्वमा पुर्‍याए राम्रो कामको सुरुवात हुन् समय नलाग्ने बताउँदै मेयरले रात्री बजार आयोजना गर्नका निमित्त लिएको आँटको प्रशंसा पनि गरे ।रात्री बजार सञ्चालन गर्न सुरक्षा व्यस्थापनमा सहयोग गर्ने स्थानीय प्रहरी र प्रशासनका प्रमुखहरुलाई पनि उनले धन्यवाद दिए । उनले भने, ‘नेपालको इतिहासमा पहिलो पटक कसैले आँट र हिम्मत गरेर रात्री बजार सञ्चालन गरेको छ । मेयर सिंहसहितको टिमले विभिन्न चुनौतीलाई छल्दै गरेको सहासिक कामका लागि म उहाँ लगायत सम्पूर्ण टिम प्रति आभार प्रकट गर्न चाहन्छु । साथै यसको सुरक्षार्थ व्यवस्थापन मिलाइदिनु भएका सम्पूर्ण सुरक्षा निकायका प्रमुखज्यूहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।’

वीरगन्ज महानगरले पछिल्लो समय सरसफाई र सडकलगायतका पूर्वाधार विकासमा देखाएको तदारुकताको पनि यादवले प्रशंसा गरे । उनले भने, ‘पहिला हामी शङ्कराचार्यद्वार हुँदै नेपाल प्रवेश गर्दा दुवै तर्फ फोहरको डुङ्ग्रो मात्र देख्थ्यौं । तर आज त्यहाँ दुवैतर्फ हरियाली, त्यो ठाउँलाई सफा बनाइएको छ । महानगरको मेयरमा निर्वाचित भएपछि राजेशमानजीले गर्नुभएको यस्ता कयौं उदारणीय कामहरु छन् ।’

महानगरका मेयर राजेशमान सिंहले रात्री बजार मार्फत आफूले देखेको वीरगन्जको सपनाको लागि पहिलो पाइला चालिएको बताए । उनले केहि वर्ष यता सुस्त भएको वीरगनणजका पसलहरु राति नौं नबज्दै सुरक्षाकर्मीले बन्द गराउँदै आएका कारण झनै थलिएको यहाँको व्यापार व्यवसायलाई चलायमान बनाउने उद्देश्यले पहिलो पटक रात्री बजार सञ्चालन गरिएको जिकिर गरे ।

सिंहले रात्री बजार सञ्चालनले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुका साथै रातमा पनि किनमेल गर्ने चलनको विकास हुने आफूले अपेक्षा लिएको बताए । यसका साथै यहाँका व्यापारीलाई रातिको समयमा पनि सुरक्षित वातावरणमा व्यापार व्यावसाय गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि रात्री बजारको अवधरणा ल्याइएको उनले बताए ।

सिंहले भने, ‘वीरगन्जलाई पर्यटकीय हब बनाउने योजनाका साथ महानगरले विभिन्न कामहरु गरिरहेको छ, भारतलगायात अन्य मुलुकबाट आउने पर्यटकहरु कम्तिमा पनि दुइदेखि तीन दिनसम्म वीरगन्जमा बास बसुन् भन्ने उदेश्यले काम गरिरहेका छौं । यसको पहिलो पाइला स्वरूप याे तीनदिने रात्री बजार आयोजना गरेका छौँ । भविष्यमा अझै धेरै कामहरु गर्नुपर्ने छ ।’

आदर्शनगर चोकदेखि कैलास चोक हुँदै पुरानो बसपार्क, चिल्ड्रेनपार्कसम्म लागेमाे रात्री बजारमा एक सयभन्दा बढी थरिथरिका स्टलहरु राखिएका छन् । शिक्षा, स्वास्थ्य सम्बन्धि जानकारी मुलक स्टलका साथै विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध किसिमका स्टलहरु पनि रहेका छन् । साथै रात्रि बजारमा झाँकी तथा विभिन्न सांस्कृतिक प्रस्तुतीसमेत रहेकाे छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०८० बैशाख १,शुक्रबार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०८० बैशाख १,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद