Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

तीन दिने व्यावहारिक शिक्षण सम्बन्धी तालिम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ३०,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । लिटिल बड्डी इन्टरनेशनल प्रिस्कुलद्वारा आयोजित ३ दिने व्यावहारिक शिक्षण सम्बन्धी तालिम समपन्न भएको छ । पूर्व प्राथमिक र प्राथमिक तहको पठनपाठन पुस्तक भन्दा पनि सामग्रीमा आधारित हुनुपर्छ भन्ने अभिप्रायका साथ आयोजना गरिएको तालिम बिहिवार सम्पन्न भएको हो ।

मङ्गलवारदेखि सुरु भएको सामग्रीमा आधारित शिक्षण तालिम लिटिल बड्ठी इन्टरनेशनल प्रिस्कुल वीरगञ्जका प्रबन्ध निर्देशक बिजय कुमार बलको अध्यक्षतामा सम्पन्न भएको हो ।

तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि यस्ता तालिमहरु जरुरी रहेको बताए । पूर्व प्राथमिक तहका बालबालिकालाई पनि कापी कलम लिएर घोकाएर पढाउने प्रवृतिले शिक्षाको विकास नहुने हुँदा संग्रौलाले सिकाईमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यक्ता औँल्याए ।

वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाईले बालबालिकाहरुलाई खेलाउँदै सिकाउँदै गर्नका लागि शिक्षकहरु पनि तालिम लिनुपर्ने बताए । अरु विद्यालयले पनि यस्ता तालिम आयोजना गर्नुपर्ने चौगाईको भनाई छ ।

तालिमको समापन समारोहमा प्याब्सन पर्साका सचिव राहुल श्रीवास्तव, प्याब्सन वीरगञ्ज महानगरका कोषाध्यक्ष सुरज बाबु पटेल, प्रकाश कर्ण लगायतको उपस्थिती रहेको थियो । तालिमको समापन समारोहको सहजीकरण लिटिल बड्डी इन्टरनेशनल प्रिस्कुल वीरगञ्जकी एकेडेमीक प्रमुख एञ्जीला क्षेत्रीले गरेकी थिइन् ।

तालिममा लिटिल बड्डी इन्टरनेशनल प्रिस्कुल, माउण्ट मकालु मावि, साउथ जोन मावि, मिनिल्याण्ड मावि, डल्फिन एकेडेमी लगायतका विद्यालयका ३० जना शिक्षकहरु तालिममा सहभागीता रहेको थियो । सहभागीहरुलाई व्यावहारिक एवम् सामग्रीमा आधारित शिक्षणका सम्बन्धमा झापाकी पूजा संग्रौला मरासिनीले प्रशिक्षण दिएकी थिइन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।
मुख्य समाचार

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

प्रकाशित : २०७९ चैत्र ३०,बिहीबार
नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ चैत्र ३०,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद