Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

भ्रम फैलाउने र संगठन कमजोर बनाउनेलाई कारबाही गर्ने प्रेस चौतारी नेपाल पर्साको निर्णय

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २८,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । प्रेस चौतारी नेपाल पर्सा शाखाको मंगलबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । प्रेस चौतारीका जिल्ला अध्यक्ष श्याम बञ्जाराको अध्यक्षतामा बसेको बैठकले पर्सामा चौतारीलाई थप प्रभावकारी र गतिशिल बनाउनका लागि विभिन्न निर्णय गरेको सचिव राजेन्द्र सिंहले जानकारी दिए ।

बैठकले पर्सामा प्रेस चौतारीलाई कमजोर बनाउने षडयन्त्रमा लागेकाहरुको पहिचान गरि कारबाही गर्ने निर्णय गरेको छ । प्रेस चौतारीलाई बदनाम गराउन भ्रम छर्दै हिड्ने र अतिरञ्जनायुक्त प्रचार गर्नेहरुलाई कारबाही गर्ने निर्णय गरिएको अध्यक्ष बञ्जाराले जानकारी गराए ।

यस्तै बैठकले नेपाल पत्रकार महासंघ केन्द्रले चलाएको सदस्यता सुद्धिकरण अभियानमा कडाइका साथ प्रस्तुत हुन र योग्य पत्रकारलाई महासंघको सदस्यता दिन पत्रकार महासंघ पर्सा शाखालाई आग्रह गर्ने निर्णय पनि गरेको छ । प्रेस चौतारी पर्साका इन्चार्जबाट हटाइएका शत्रुघन नेपाललाई एक महिनाभित्र पुन: इन्चार्जमा स्थापित गर्न केन्द्रलाई आग्रह गर्ने र अन्यथा आन्दोलन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै गत फागुन २९ गतेदेखि वीरगञ्जमा आयोजना गरिएको चौतारीको केन्द्रीय बैठक तथा कार्यशाला गोष्ठीमा केन्द्रले स्थानीय कमिटीको परामर्श बिना सम्मानित ब्यक्तिहरुलाई आतिथ्यता नगराएर गम्भिर भूल गरेको ठहर गर्दै प्रेस चौतारी पर्साले अब उप्रान्त यस्ता कमजोरी नगर्न आग्रह गर्ने निर्णय समेत गरेको छ ।

बैठकले प्रेस चौतारीका ११६ जना साधारण सदस्यहरुको अभिलेख, परिचयपत्र र नयाँ सदस्यता दिने अबिलम्ब प्रकृया अघि बढाउन उपाध्याक्ष तुलसी भण्डारी र सचिव राजेन्द्र सिंह नेपालीलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

मंगलबारको बैठकमा प्रेस चौतारी पर्साका उपाध्याक्ष तुलसी भण्डारी, सचिव राजेन्द्र सिंह, सहसचिव सन्तोष पटेल, कोषाध्याक्ष राकेश साह, सदस्यहरु आनन्द पटेल, आरोहण साह, नेहाल खान, प्रकाश तिवारी, नितेष कर्ण, राजन रौनियार, शम्भु महतो थारु, मन्सुर खान, सञ्जय दास थारु, निलम चौधरी, पन्नालाल प्रसाद, अकलेस साह लगायतको सहभागिता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०७९ चैत्र २८,मंगलवार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०७९ चैत्र २८,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद